अमेरिकामा हामी किन शुक्रबार चाडो आओस भन्छौ

BijayThapa

विजय थापा

विश्वमा सबै भन्दा अधिक मन पराईएको दिन शुक्रबार l शुक्रबार आउदै छ भन्ने लाग्ने बित्तिकै कान ठाडो हुन्छ l असल शुक्रबार (गुड फ्राईडे )मा कुरा नै अर्को हुन्छ l मत सर्वेक्षणमा सबै भन्दा ज्यादा अंक पनि ल्याएको दिन पनि यहि हो l

यो दिनको नाम सुन्ना साथ मनै चंगा हुन्छ l सधै शुक्रबार नै शुक्रबार भै दियोस भन्ने पनि चाहना हुन् पनि सक्छ l अमेरिकामा नेपालीहरु पनि शुक्रबार चाडो आई दिए पनि हुन्थ्यो भनि सम्झिनछन् l

शुक्रबारको महत्व हामी नेपालीलाई नेपालमा सायद त्यति महत्व हुदैन थियो होला l जति नेपालीहरु बिदेशिएका छन् उनीहरुलाई शुक्रबारको पर्खाईको महत्व बिशेष थाहा हुन्छ l सोमबार देखि शुक्रबार सम्म एकहोरो काम गर्दा भोगेका अप्ठ्यारा र जटिल शारीरिक दुख र कष्टको मिठो अनुभूति गरेका हुन्छन l

शुक्रबारले नेपालमा ठुलो फरक नपर्न पनि सक्छ तर अमेरिकामा कामको प्रकृति बिल्कुलै फरक हुनाले यस्को भार र बोझ पृथक हुन्छ l

कसै कसैको मनमा बिहिबारले फड्को हानी एकै चोटी शुक्रबार टुप्लुक्क आई दिए हुन्छ जस्तो पनि लाग्दो हो ,तर सम्झदैमा र कल्पना गर्दैमा छु मन्तर हुने हैन l

शुक्रबारको लागि हामी किन अपहत्ते गर्छौ l शुक्रबार आउने बितिकै किन हामी औधि खुशी देखिन्छौ त ?किनभने सप्ताह भरि ८ घण्टा देखि लिएर १८ घण्टा सम्म काम नै कामले च्यापेको हुन्छ l एक छिन् फुर्सद पनि नहुने कामहरु हुन्छन l यन्त्र जस्तै हात चलाउनु पर्ने हुन्छ l शरीर थाकेर मर्लान्त हुन्छ l काममा छलकपट गर्न पाइदैन l आलटाल काममा गरे निस्कासित हुईने डर हुन्छ l बर्खास्तमा परिन्छ l अत्यधिक जागिरमा घन्टे प्रणाली द्वारा नियुक्ति गरिएकोले सोहि अनुसार उत्पादकत्व दिनु पर्ने हुन्छ l अमेरिकामा अधिकांस घन्टे कमाई गर्ने हुन्छन l

ढिला र सुस्ती गरे बर्खास्त तुरुन्तै हुने भयको कारण जसरि भए पनि काम फत्ते गर्ने पर्छ l अधिकांस जागिरमा उभिएको उभिएर नै काम चलाउनु पर्ने भएकोले पिडुला फर्के जस्तो हुन्छ तर सबै जागिरमा यस्तो मात्र हुदैन l

नली खुट्टा दुखेर खपी नसक्नु हुन्छ l हतार हतार र दौडे जस्तै गरि काम भ्याउनु पर्ने भएकोले हामी नेपालीहरु नेपालमा त्यस्तो वातावरणमा नहुर्किएकोले प्रारम्भिक चरणमा असह्य पिडा हुन्छ l अमेरिका जस्तो काम गर्ने तरिका नेपालमा आफ्ना बाउ ,बाजे ,बराजु तथा मामाले कहिले पनि नगरेकोले काम गर्दा गर्दा बेजोड गलिने हुन्छ l

कामको चापले ढले ढले जस्तो पनि हुन्छ l त्यति नगरे अमेरिकामा बाच्न धौ धौ पनि हुन् सक्छ किनभने घर ,गाडी ,बिजुली ,पानी ,बिमा तथा अन्य बिबिध खर्चको रकम तिरेको तिरै गर्नु पर्छ l किस्ताबाट चलेको अमेरिकन जीवनको चक्र चलाउनु पर्छ lअमेरिका छिरे पछि हिन्दी उखानमा मर्दा क्या नही कर्ता भने जस्तै काममा सम्झौता गर्ने गरिन्छ l र बिकल्प पनि हुदैन l काम नगरी जीवन अति कष्टकर हुनाले मुखमा माड लगाउनु नै पर्ने बाध्यताले उभिएर होस् या बसेर फटाफट काम गर्नु अपरिहार्यता हुन्छ l नेपालीहरुमा त्यस्तो आदत नभएकोले कम्तिमा २ बर्ष सम्म गलिने ,दुख्ने ,पोल्ने ,पिडुला फर्कने आदि हुन्छ l

अवकास नहुन्जेल काम गरेको गरै गर्ने पर्छ किनभने अमेरिकामा ६५ बर्षमा मात्र अवकास या सेवा निवृत्ति हुने हुन्छ l अमेरिका र नेपालमा काम गर्ने प्रकृति र शैलीमा आकाश जमिनको फरक भएको कारणले नेपालीहरुलाई शुरुमा अलिक निरुस्त्साहित जस्तो अनुभूति हुने गर्छ l नेपाल फर्कनु पर्छ भन्ने पनि सोचाई आउने गर्छ l

नेपालमा काम गर्दा गर्दै हाटा गर्न सकिन्छ तर अमेरिकामा हाटा गरे टाटा पाईन्छ l नेपाल जस्तो खैनी माड्दै काम गर्ने ,चुरोट सेवन गर्न र चिया सेवन गर्न चमेना गृहमा बसी गफ चुट्न कदापी पाइदैन l त्यसको लागि बिश्रामको व्यवस्था गरिएको हुन्छ तर नेपाल जस्तो मन लाग्ने बित्तिकै त्यो गर्न पाईदैन त्यो गरे जागिर बाट हात धुनु पर्छ l नेपालको जस्तो राजनैतिक दबाब र तागत बाट कुनै प्रभाव पर्दैन l जागिर खुकुरीको धारमा अडेको हुन्छ l

अनि चुपचाप ,अनुशासनमा बसी मरी मरी काम गर्ने पर्छ l जिउले सहन नसके पनि काम गर्ने पर्ने हुन्छ l शुरुका अवधिमा कुनै पनि नेपालीलाई गार्हो भएता पनि डलरको चस्का र कमाईले थकाई सबै मेटाई दिन्छ l

नेपालमा कहिले पनि अमेरिका जस्तो गरि काम नगरेको कारण अमेरिकामा आए पछि बाध्यताको कारण निरन्तर सकी नसकी काम गर्ने भएकोले शुक्रबार लाई सम्झने गर्छौ र ईश्वरलाई पनि सम्झने गर्छौ l

शुक्रबार पछि शनिबार र आईतबारको बिदामा उपयोग गरेको आरामले अघिल्लो हप्ताको ५ दिनको सबै कष्टलाई मेटाई दिन्छ भन्ने सोचाई हुन्छ l मानिसलाई आराम अनिवार्यता हुन्छ l

अधिकांस मानिससंग शुक्रबारमा मात्र समय हुने भएकोले भोज ,भतेर ,समारोह तथा प्रितिभोजमा सरिक भै ५ दिनको दुख लाई बिर्साउन र मोज मस्ती गर्न पाइने भएकोले शुक्रबार छिटो आई दिए भन्ने तिर्शाना लाग्छ l

त्यति मात्र हैन नेपाल जस्तो अहिले बजार गै ताजा र दिने पिच्छै किनमेल गर्न समयको अभाव भएको कारण हप्ता दिनको किनमेल सप्ताहान्तमा मौका पाईने र सामाजिक संजालमा बसी समय बिताउन पाइने भएकोले शुक्रबार आए हुन्थ्यो भन्ने चाहना हुन्छ l

अन्य दिनमा कामको चटारोले मिठो मसिनो खाने अलिक सम्भावना दुर्लव हुनाले मिठो मिठो परिकारका खाना बनाउने ,खुवाउने ,मनोरंजन गर्ने ,घुमघाम गर्ने पाईने ,परिवार र आफ्ना सन्तान संग छुट्टीको समय राम्रो संग बिताउने ठुलो मौका भएकोले ईश्वर शुक्रबार चाडो ल्याई देउ भन्ने जस्तो कल्पना समेत गर्ने भएकोले शुक्रबार प्राण प्यारो लाग्द्छ l

सप्ताहमा राम्रो संग सुत्न समय नमिल्न पनि सक्ने र कुखुराको डाकमा उठी काममा जानु पर्ने हुनाले अनिन्द्राको कारण कुम्भ कर्ण जस्तै सुति निन्द्रा पुर्याउने पर्ने हुनाले शुक्रबारको दिन खुशीको लहर छाउने गर्छ l अमेरिकामा अन्य दिनको तुलनामा न गन्य रुपमा मदिरा सेवन गरिन्छ l किनभने यहाँ काममा अधिकांश जागिरमा रगत परीक्षण गर्ने भएकोले काम गर्ने मानिसले सप्ताहान्तमा मात्र मादक पदार्थ सेवन गर्ने अवसर पाउने हुनाले शुक्रबारको ज्यादै स्मरण गर्ने गर्छौ l

शरीर थाकेको र काम गर्न जागर पनि नआउने हुनाले शुक्रबार पछिको २ दिनमा घर सफा सुग्घर राख्ने ,अघिल्लो सप्ताह भरिको लागि परिवार र आफ्नो लागि खाना तयार गर्ने अवसर यिनै दिनमा मात्र प्राप्त हुनाले शुक्रबार चाडो आई दिए पनि हुन्थ्यो भन्ने कामना गरिन्छ l

सुखमा भन्दा दुख तथा समस्यामा जकडिएको क्षणमा हामी भगवानलाई सम्झन्छौ l ईश्वर पार लगाउ है भनि हामी प्रार्थना गर्दछौ l शुक्रबार चाडो आओस भगवान संग प्रार्थना गरे पनि अब अमेरिकामा नेपालीहरुको अवस्था दुई दशक अगाडी जस्तो छैन l त्यसरी काम गर्नु पर्ने अवस्था पार गरि सकेका पनि छन् l नेपालीहरु राम्रो ब्यबसाय गरेर राम्रो आम्दानी कमाएर अमेरिकामा जमेर बस्न थाली सकेका छन् l अमेरिकाको सन्दर्भमा मात्र यो हैन बिदेसिएका नेपालीहरुको कथा र व्यथा समानान्तर छन् र अन्य देशमा अझ कडा मेहनत गर्नु पर्ने अवस्था पनि छ l

सोमबार देखि शुक्रबार सम्म काम गर्ने भएता पनि अधिकांश रुपमा प्रतिष्ठान(कम्पनि )हरुले बनाएको समय अनुसार चल्नु पर्ने पनि हुनाले धेरैलाई शुक्रबार आए पनि काग लाई बेल पाक्यो हर्ष नविस्मात जस्तो पनि हुन्छ l अन्य दिन लाई नै शुक्रबार सम्झिने गर्ने गर्छन l

जुन मज्जा र जुन आनन्द शुक्रबारमा छ त्यो आनन्द कुनै दिनमा छैन l ५ दिन को कामको चापले शिथिल भएको शरीरलाई शुक्रबारले रुपान्तरित गरि दिन्छ l शरीरमा एक प्रकारको फुर्ति आउछ l यो दिन बारम्बार आई रहोस यहि शुभकामना सहित बिदा
………………………………………………………..अस्तु

Leave a Reply