आज मैले आँफैलाई एउटा सपना बेचे

मैले आज फेरी एउटा गल्ती गरे

आज मैले आँफैलाई एउटा सपना बेचे

सधैँ अरुलाई बेच्थे म

मैले आज आँफैलाई बेचे

म सपनामा नेपाल फर्किए,

यो देश कैल्यै आउदिन भनेर प्रण गरेर हिंडे ,

आफ्नै भुमीमा केइ गर्छु भनेर हिंडे

म जुन जोशमा यहाँ आएको थे

म जे गर्छु भनेर यहाँ आएको थे

आज त्यै गर्छु भनेर आफ्नो देश फर्किए

सपनामै भए पनि म यो कोलहाल संसार बाँट निस्के

म आज सपनामै भए पनि नेपाल हिंडे ।

मेरो बाटो हेर्दै बसेकी मेरी बुढी आमैलाई अँगालो हालेर रोए,

मेरो बुढो बाको डोको मैले बेसी बाट माथि गाउँ सम्म बोके,

अनी भाईलाई आफुले जानेको देखेको कुरा सुनाए

आज मैले शायद कैल्यै पुरा नहुने सपना आँफैलाई बेचे

सपना मिठो थियो

धेरै पछी एकै छिन भए पनि म दिल खोलेर मुस्कुराए

धेरै पछी आज मैले सपनामै भए पनि जिन्दगी जिए

आज मैले सपनामा बिपना देखे

आज मैले आँफैलाई एउटा सपना बेचे

Leave a Reply

Recommended Sites