आधुनिक डेरी प्रोडक्ट्स द्वारा भूकम्प पिडितलाई राहत सामग्री वितरण

20150507_100408

विजय थापा ,वाशिंगटन डिसी

विनासकारी महा भूकम्प बाट अत्यधिक क्षति ग्रस्त जिल्लालाई छनौट गर्दै काठमाडौँको बालाजु स्थित आधुनिक डेरी प्रोडक्ट्स द्वारा नुवाकोटमा भूकम्प पिडितलाई राहत सामग्री वितरण गरेको छ l

गत बैशाख २४ गते नुवाकोट जिल्लाकोको थांग सिङ्ग गाउँ विकास समितिको तिनघरेमा राहत सामग्री बितरण गरेको जानकारी अमेरिकाको टेक्सास बसोबास गर्ने सबिन्द्र थापाले जानकारी गराए l

20150507_100617

भूकम्प पछि अमेरिकाबाट नेपाल पुगेका थापाले ६५ घरलाई १ बोरा चामल ,२ केजी दाल ,१ पोका नुन र २ लिटरको घिउ आफ्नो नेतृत्वमा बितरण गरेको बताएका छन् l

उक्त राहत वितरण कार्यक्रममा आधुनिक डेरी प्रोडक्ट्सको तर्फ बाट सबिन्द्र थापाको नेतृत्वमा कृष्ण केसी ,बिश्व बस्नेत ,रबिन्द्र थापा ,उद्धब थापा ,पूर्ण बहादुर थापा (प्रबन्ध निर्देशक ) तथा बिबस पन्त (नेपाली सेनाका अधिकृत ) को पूर्ण सहयोग तथा सहभागितामा सफलता पुर्वक राहत वितरण गरेको थापाले बताए l

20150507_101848

यसको लागि नेपाली सेनाका ५ जनाले सुरक्षामा उक्त वितरण कार्यक्रम गरिएको थियो भने सबिन्द्र थापा अमेरिका फर्की सकेका छन् l

Leave a Reply