एन आर एन -नायक २०१३ द्वारा लब्ध प्रतिष्ठित व्यक्तित्वहरु पुरस्कृत

DSC03527

विजय थापा

भर्जिनिया ,अमेरिका
लस एन्जेलस,अमेरिका मे २७ ,गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको दुई दिने अधिवेसन तथा साधारण सभा बिभिन्न कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ l 
 
अधिवेसनको पहिलो दिन बिभिन्न कार्यक्रमहरु राखिएको थियो भने पहिलो पटक खेलकूदलाई पनि समाबेस गरिएको थियो l कार्यक्रमहरु प्रसस्त राखिएकोले आयोजक र संयोजकहरु लाई समय व्यवस्थापन गर्न धौ धौ परे रहेको जस्तो भान परेता पनि कार्यक्रमहरुमा वक्ता, दर्शक तथा श्रोता अभिरुचिका साथ सहभागी भएका थिए lयसपाली लस एन्जेलसको अधिवेसनमा एन आर एन एन सी सी अमेरिकालाई बिशेस सहयोग ,मार्ग दर्शन दिने ,योगदान गर्नु हुने बिभिन्न लब्ध प्रतिष्ठित महानुभावहरुलाई पुरस्कृत गरिएको थियो lकाम गर्नेलाई सम्मान गर्नु पर्छ भन्ने सिद्धान्तमा रहेको एन आर एन अमेरिकाले अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा शंकर प्रसाद शर्मा  ,ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा ,ए आर एन आई सी सी का क्षेत्रीय संयोजक मुकेश सिंह तथा गैर आवाशीय संघमा अहम भूमिका निर्वाह गर्ने तथा एन आर एन ए आई सी सी का सल्लाहकार अम्बिका अधिकारीलाई ” एन आर एन नायक पुरस्कार -२०१३ ” द्वारा पुरस्कृत गरिएको छ l
 
गैर आवाशीय संघ  राष्ट्रिय समन्वय समिति अमेरिका अधक्ष्य प्रल्हाद केसीले अधक्ष्य पुरस्कारबाट पनि एन आर एन मा योगदान गर्नु हुने महानुभावहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो भने एन आर एन नायक ‘हिरो ‘पुरस्कार’ तथा अधक्ष्य पुरस्कार मुकेश सिंहले प्राप्त गर्नु भएको छ lपुरस्कृत हुने सबैले पुरस्कार ग्रहण गर्दै कृतज्ञता ज्ञापन गरेका थिए भने अधक्ष्य प्रल्हाद केसीले आफ्नो समितिको तारिफ गर्दै हामी समुह कार्यमा विश्वास गर्ने छौ भनेका छन् l

Leave a Reply

Recommended Sites