ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l

ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l

 anany2013 log
विजय थापा
भर्जिनिया ,आषाढ १५ ,३१ औ ए एन ए सम्मेलनको तैयारीको साथ ‘हामी नेपाली जहाँ भए पनि नेपाली नै हुन्छ ;हाम्रो ए एन ए मा सबै नेपाली नै हुन्छ ”भन्ने ए एन ए गान रचिएको छ l अधक्ष्य छेवांग शेर्पालामाले जानकारी दिदै ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने र सम्मेलनका बिबिध कार्यक्रममा उक्त ए एन ए गान बजाईने पनि भएको छ l गीतकार अधक्ष्य छेवांग शेर्पालामा हुन् भने उनले ए एन ए र सम्मेलनलाई समर्पित गर्दै आफ्नै रचनामा तैयार पारेको जनाएका छन l उक्त गानका गायक द्वय रोशन गुरुङ तथा जगदीश समाल तथा गायिका सपना श्री रहेका छन् l
ए एन ए गान (अन्ठेम) लाई उत्कृस्ट भिडियो निर्माण गरि पठाउनेलाई ($ १०००.०० )एक हजार डलर नगद पुरस्कार दिईने भएको छ भने उक्त श्रब्य दृश्य (भिडियो )अक्टोबर ३०,२०१३ तारिख सम्म बनाई पठाउनु पर्ने जनाईएको छ lउक्त पुरस्कारको घोषणा ए एन ए कार्यकारी समितिले गर्ने र संस्थाको निर्णय नै अन्तिम हुनेछ भन्ने जनाईएको छ lबिस्तृत जानकारी चाहिएमा पत्राचार गर्न [email protected] or [email protected] or www.anaonline.org सम्पर्क गर्न सकिने छ भनि जनाईएको छ l
                       भिडियो  :    https://www.facebook.com/video/video.php?v=10152282476162524&notif_t=video_processed

 

Leave a Reply