डिसी एसियन परम्परा सांस्कृतिक उत्सव भव्यताको साथ सम्पन्न l

dc 1
 
जेष्ठ ४ ,भर्जिनिया 
विजय थापा 
 
वाशिंगटन डिसीमा बिगत बर्ष झैँ एसियन मुलुकहरूको सक्रिय सहभागितामा हुने एसियन परम्परा उत्सवमा वाशिंगटन महानगर क्षेत्र सेरोफेरो ,क्यालिफोर्निया तथा न्युयोर्कबाट आएका नेपाली समुदायका संघ तथा संस्थाहरुको उल्लेखनीय सहभागितामा भएको उक्त महोत्सब भब्यताको साथ सम्पन्न भएको छ l
 
उक्त कार्यक्रमको लागि डिसीमहानगर क्षेत्रका संघ तथा संस्थाका तर्फबाट झाकी ,बुद्ध नेपालमा जन्मेका हुन् र लुम्बिनी भ्रमण गर भन्ने झन्डा सहित समाज सेवी प्रेम गुरागाई क्यालिफोर्निया तथा न्युयोर्कको रिजवुड नेपाली समाज सहितले सहभागिता जनाएको थियो भने गिनिज बिश्व पुस्तकमा २०१३ को ए एन ए न्यु योर्क सम्मेलनमा सबै भन्दा छिटो उल्टो उच्चारण गरि किर्तिमानकायम गर्ने कृष्ण पाण्डे क्यान्सस सिटिबाट समेत सहभागी हुन् आएका थिए l नेपालको लागि प्रदान गरिएको सांस्कृतिक कार्यक्रममा यज्ञमान शाक्य तथा उनकी १२ बर्षिय छोरी लोचनि तारा शाक्यले बसुन्धरा देवी नृत्य तथा बाल नृत्य समेत प्रदर्शन गरिएको थियो l वाशिंगटन डिसी नेपाली दूताबासको समन्वय तथा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा संस्थाहरुको सहयोगमा सफलता पुर्वक सम्पन्न भएको उक्त सडक महोत्सब जस्को मूल उदेश्य एसियन समुदायका सांस्कृतिक परम्परालाई प्रबर्धन तथा जानकारी गराउनु हो l
  
dc 2
रयालीमा बिभिन्न भेषभुषामा निस्किएको नेपाली समुदायको नेतृत्व अमेरिकाका लागी कार्यबाहक राजदुत ऋषि राम घिमिरेको नेतृत्वमा भएको थियो l पर्यटक प्रबर्धन तथा नेपाली हस्तकलाका सामानहरू पनि प्रदर्शनको लागि राखिएको थियो l पुरुषहरू नेपाली दौरा शुरुवाल ,ढाका टोपी ,जातजातिका भेषभुषा, महिलाहरु साडी चोलो,परम्परागत पहिरन तथा छड्के तिल्लरिको साथ सजिएका थिए l बिभिन्न राष्ट्रका नागरिकहरू आ-आफ्ना राष्ट्रिय पोशाकमा उपस्थित भएको उक्त भब्य अन्तरराष्ट्रिय स्तरको मेलामा करिब १५ पन्ध्र हजार जति बिदेशीहरू उपस्थिति भएका थिए l  
http://youtu.be/rxwBdrFh9sA ​श्रब्य दृश्य सहित (भिडियो )

 

Leave a Reply