डिसी नेपाली समाजको देउसी भैलोमा ८१ बर्षिय बृद्धले अहोरात्र देउसी खेले

dcnepali samaj

भर्जिनिया ,कार्तिक २२ ,

विजय थापा , अमेरिकाको डिसी महानगर क्षेत्रमा संस्कृतिको रक्षा गरौ भन्ने मूल उदेश्यको साथ स्थापना भएको डिसी नेपाली समाजले २०७० साल को दीपावलीको पुनित शुभ अवसरमा देउसी भैलो कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l

संस्थाका अधक्ष्य अरुण रुपखेतिको पहल तथा भर्खर नेपालवाट आउनु भएका वहाका ८१ बर्षिय पिता हृदय राज शर्मा तथा ७७ बर्षिय माता देव कुमारी रुपाखेतीको अगुवाईमा तिहारको अगिल्लो दिन साँझ ६ बजे देखि बिहान कुखुराको पहिलो डाक ३ बजे सम्म अहोरात्र मादल भिरी देउसी भैलो खेलेका छन l घर घरमा नेपाल जस्तै सेलरोटी ,थालमा बिभिन्न परिकारको खानेकुराको साथै दक्षिणा घर बेटीले राखेका थिए l

डिसी महानगर क्षेत्रको तीन वटा शहर क्रमस सेन्टरभिल ,भियना ,लिज़बर्ग तथा एनाडेलमा नेपाली दाजुभाईहरुको घर घरमा गै खेलिएको थियो l भर्जिनियाको लिज़बर्ग पुरानो तथा पर्यटकीय नगरमा रुपाखेतीको नेतृत्व तथा यसै संस्थाका सदस्य बिष्णु श्रेष्ठको पहलमा उक्त देउसी अत्यन्तै हर्ष उल्लास तथा रमाइलोको साथ सम्पन्न भएको छ l

बिगतको बर्षहरु भन्दा यसपाली अझ रमाईलो भएको जानकारी अधक्ष्य रुपाखेतीले दिदै लिज़वर्ग शहरमा नेपाली समुदायले आफ्नो घर घरमा खेली दिनु भनि आग्रह गरेको र त्यसमा पनि ८१ बर्षिय तथा ७७ बर्षिय बृद्धहरुको अनवरत साथले देउसी खेल्ने लाई उत्साह भएको भन्दै बृद्ध दम्पति दुवैले आफ्नो संस्कृति तथा पर्वको पनि परदेशमा सम्बर्धन र प्रबर्धन गरीएको देख्दा हर्ष लागेको बताए l

यसरी सक्रियताको साथ देउसी ,बिगतमा भएका जनै पुर्णे र बडा दशैको उपलक्ष्यमा समुदायको भुमिका सराहनीय रहेको र डिसी नेपाली समाजलाई हौसला प्रदान गर्ने दाजुभाई तथा दिदि बहिनीहरुलाई संस्थाको तर्फबाट धन्यबाद दिइएको छ lसंस्थाका महा सचिब कमल पोख्रेलले आगामी दिनमा अझ सुव्यवस्थित रुपमा देउसी भैलो खेल्ने सोच रहेको बताए भने संस्थाका उपाधक्ष्य दधिराम ढुंगानाले देउसी भैलोबाट उठेको रकमबाट धर्म संस्कृतिको सम्बर्धन र प्रबर्धन कै लागि खर्च गरिने छ भनि बताए l

 

Leave a Reply