तेश्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनबारे पत्रकार भेटघाट कार्यक्रम

inls 2

भर्जिनिया ,अमेरिका ,मंगसिर ३ ,

विजय थापा ,

आउदो नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन डिसीमा महानगर क्षेत्रमा हुन गै रहेको तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनबारे बिशेष जानकारी गराउने उदेश्यले आज भर्जिनियाको एक पुस्तकालयमा आयोजक समितिले संघ तथा संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुसंग एक भेटघाट कार्यक्रम राखी अहिले सम्म भएका तैयारी तथा बिबिध बिषयमा जानकारी गराईएको छ l

inls 3

उक्त समुदाय तथा पत्रकार भेटघाट कार्यक्रममा केवल सूचना दिने उदेश्य रहेको जानकारी आयोजक समितिका सदस्य तथा कार्यक्रम संचालक प्रकाश नेपालले गराए l उनले थप जानकारी दिदै नेपाल ,जापान ,बेलायत ,पोर्तुगल ,क्यानाडा आदि देशहरुबाट पनि सहभागी हुने निश्चित भएको जनाउदै अनेसासले हरेक दुई बर्षमा प्रदान गरिने पुरस्कारको राशी करिब सात हजार डलर रहेको र १८ जनालाई पुरस्कृत गरिने जानकारी गराए l

inls 6

संयोजक सिता पाण्डेले वयस्क कविता वाचन हुनुको साथै बालबालिकाहरुको लागि पनि कविता प्रतियोगिता गरिने र डिसी महानगर क्षेत्रमा बिभिन्न बिद्यालयमा अध्ययनरत नेपाली मूलका ३ वटा प्रतिभाशाली बिद्यार्थीहरुलाई पनि बोल्न अवसर दिईने बताउदै समुदायले बिचार राख्न र पोख्न पाउने छ भन्दै सहभागिताको लागि दर्ता गर्न आग्रह गरिन lअ ने सा स का संस्थापक तथा उपन्यासकार होम नाथ सुबेदीले कति सहभागी हुने र कार्यक्रम स्थल बारेमा योजना बनाईएको छ भन्ने जानकारी दिदै सम्मेलन ‘डाइसपोरा प्राज्ञिक अध्ययन ”जस्ता नारालाई अगाडी बढाई रहेको बताएका छन् l

inls 4

कार्यक्रममा परिचयात्मक कार्यक्रम राखीदै यसपाली पहिलो पटक रक्तदान राखिएको उल्लेख गर्दै उक्त दुई दिने कार्यक्रममा दर्ता शुल्क $ ५० राखिएको जानकारी गराईयो l यसको साथै १४ बर्ष देखि २१ बर्ष मुनिका बालबालिकाहरुको कविता वाचन राखिएकोले साहित्यमा सहभागी नहुने बाल बालिकाहरु सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि सबैमा आग्रह कवियत्री तथा संस्थाकी आजीवन सदस्य बिमला निरौलाले गरिन l

कार्यक्रममा डिसी दूताबासका उप नियोग प्रमुख नारायण मैनालीले सम्मेलनको सफलताको लागि शुभकामना दिदै नया पुस्ता लाई भाषा तथा संस्कृतिको स्थान्तरण गर्नु पर्ने अपरिहार्य भएकोले यस्तो कार्यक्रम मार्फत उनीहरुलाई समाहित गर्नु पर्ने बताउनु भयो l

आयोजक समितीका सदस्य तथा संचार निर्देशक श्री खेम भट्टचनले जानकारी गराउदै हार्वर्ड बिश्व बिद्यालयका सह-प्राध्यापक डा० शिब गौतम पनी यस सम्मेलन आयोजक समितीको ”सामाजिक नायक ”मुल्यांकन समितिमा बसेर संयोजक राजा घले संगै अहोरात्र खटेर काम गरि रहनु भएको जानकारी गराए l

यसका साथै, आगामी २०१४ जनवरीको पहिलो हप्तामा डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्थाहरूको एक संयुक्त कार्यक्रम गर्नको लागी भन्दै उक्त भेलाले खेम भट्टचनको संयोजकतत्वमा “संयुक्त-समिती” गठन गर्दै अनुमोदन गर्यो l सो कार्यक्रम बारेमा जानकारी गराउदै संचार माध्यमका श्रब्य दृश्य (भिडियो )चालु नराख्न अनुरोध गर्दै ऊपरोक्त कार्यक्रमको “शिर्षक” भने हाललाई गोप्य राखिएको कुरा भट्टचनले भेलालाई जानकारी गराए l कार्यक्रममा प्रश्न उत्तर पनि राखिएको थियो l

Leave a Reply