धरान अमेरिका समाजको ​ तीज भब्यताको साथ सम्पन्न

dharan 1
विजय थापा 
भाद्र १ ,भर्जिनिया 
 
सन् २०१० मा अमेरिकामा गैर मुनाफा संस्थाको रुपमा दर्ता भएको  धरान अमेरिका समाजको पहलमा डिसी महानगरी क्षेत्रमा यस बर्षको तीज भव्यताको साथ मनाएको छ l ​ ​बिसेष त डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने महिला चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तीज कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता रहेको संस्थाका वर्तमान अधक्ष्य बिमल आचार्यले बताए l
 
चेली बेटीहरुले मात्री भुमि र माईतिको सम्झना गर्ने भएकोले एकै ठाउंमा भेला गरि परदेशमा पनि उक्त सम्झनालाई परिपूर्ति गर्ने उदेश्यको साथ आयोजना गरिएको तीज कार्यक्रममा उपस्थित अबिबाहित तथा बिबाहित महिलाहरुले धुमधाम साथ तीजका गीतमा नांचगान गरेको तथा चेलीबेटीहरुलाई दर स्वरुप मिठा मिठा बिभिन्न परिकारका खानेकुरा खुवाईएको  ​छ ​l​

Leave a Reply

Recommended Sites