न यो शहर मेरो हो न म यो शहर को

यहाँ को भिड ले मलाई चिन्दैन ,

न म त्यो भिड मा कसैलाई चिन्छु

मेरो यहाँ कुनै पहिचान छैन

न भिड ले मलाई कुनै नाम दिन्छ,

न म यो भिड लाई कुनै नाम नै दिन्छु ,

किन कि यो ठाउँ मेरो हैन ,

यहाँ मेरो मन पनि छैन ।

 

 

यहाँ एउता गती छ ,

म ढिलो हिद्छु या यो शहर छिटो हिद्छ ,

छुट्टाउन म सक्दिन ,

किन कि यो शहरको गती सँग मेरो मेल छैन

न एस्ले मलाइ पर्खिन्छ

न म यो सँग दौडन सक्छु,

तेसैले मेरो यो शहर सँग मेल छैन ,

न यहाँका कुनै मान्छे सँग ।

 

 

यहाँ को मान्छे पनि म जस्तो छैनन ,

यहाँ कोइ हासेर बोल्दैन,

बाटो मा भेट हुँदा मुसुक्क हासदैनन

किन मलाई लाग्छ यो समाज स्वार्थी हरुको हो

स्वार्थ बिना यहाँ कसैले कसैलाई केही गर्दैन ,

अनी मलाई त कसै सँग केइ लिनु नि छैन

कसैलाई केही दिनु नि छैन ,

म स्वार्थी छैन

तेस्कारन यो शहर मेरो हैन |

 

यहाँ धेरै उज्यालो छ ,

मलाई त अध्यारो मा बस्ने बानी छ ,

यहाँ को बत्ती ले मेरो आँखा खान्छ ।

मलाई अन्धकामा हराउन मन पर्छ

यहाँ सबै तिर झिलीमिली छ ,

मलाई एकान्त मा बसेर गुनगुनाउन मन पर्छ ,

तर  यहाँ एकान्त नै कहाँ छ ?

म यहाँ एकान्त मा हराउन सक्दिन ,

तेसैले म यहाँ रमाउन सक्दिन ,

यो शहर ले मलाई एक्लाई कतै जनै दिदैन ,

लाग्छ मलाई यो शहर ले विश्वाश नै गर्दैन

तेसैले त यो शहर मेरो हैन

न म यो शहर को

Leave a Reply