पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकामा सफल शल्यक्रिया

jhalnath

सुर्य थापा

न्यूयोर्क, पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकाको मेरिल्याण्डमा सफल शल्यक्रिया सम्पन्न भएको छ । मेरिल्याडको जोन हकिम्स अस्पतालमा खनालको शनिबार सफल शल्यक्रिया गरिएको हो । पिसाब सम्बन्धी समस्या भोग्दै आएका खनालको ३ वर्ष पहिले भारतमा २ पटक र नेपालमा एकपटक सल्लेक्रिया भएको थियो । ३ पटकसम्म अप्रेशन गर्दा पनि निको नभएपछि अमेरिकामा आउनु परेको प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष सन्जय थापाले बताउनुभयो । मन्चका महासचिव प्रभु थापाका अनुसार मेरिल्याण्डको जोन हकिम्स अस्पतालमा यस रोग सम्बन्धी बिषेशज्ञ भएकोले खनाल केहि दिन पहिले मेरिल्याण्ड आएका थिए । खनालसंगै नेपालबाट आएका डाक्टर शुमन शर्मा उप्रेतीका अनुसार खनालको अप्रेशन जटिल खालको थियो ।

खनालको शनिबार ५ घण्टा लामो अप्रेशन सम्पन्न भएपछि डाक्टरले खनाललाई १० दिन आराम गर्न भनेका छन् । १० दिन आराम गरेपछि खनाल कति समय अमेरिकामा बस्नु पर्ने भन्ने कुराको निर्णय हुने जनाइएको छ । मेरिल्याण्डमा खनालको अप्रेशन भए पश्चात उनलाई महावाणिज्यदुत प्रेमराजा महत्, प्रवासी नेपाली मन्च अमेरिकाका महासचिव प्रभु थापा, डिल्ली पौडेल लगाएतका एमालेका स्थानिय कार्यकर्ताहरुले पनि सहयोग गरिरहेका छन् ।

खनाललाई सहयोग गर्न नेपालबाट शुमन शर्मा उप्रेती सहित दुई जना डाक्टरका साथै उनका सहयोगि आरबि राई पनि संगै आएका छन् । जटिल अप्रेशन सफल भएपछि खनालले अब आफु झनै सक्रिय भएर देश र जनताको सेवामा लाग्ने बताउनु भएको अस्पतालमै रहनुभएका डिल्ली पौडेलले ह्वाइट हिमाल टेलिभिजनलाइ जानकारी दिनु ​भयो ।​

Leave a Reply