प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु :सञ्जिता प्रधान ,राष्ट्रपति ओवामाको सल्लाहकार समिति सदस्य

imagejpeg_11

विजय थापा ,वाशिंगटन डिसी

एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी नेपाली मुलकी नेपालकी छोरी सञ्जिता प्रधानले प्रथम पटक अन्तर्वार्ता दिदै आफुले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु ,भनिन l

कडा मेहनत ,परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन् पाएकोमा आफुलाई हर्ष लागेको बताएकी छिन् l

“अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ ” भन्दै आफु यो पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक हो भनिन l

राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गर्नु भएको छ र त्यो १९ जनामा आफु पनि परेको हु l नियुक्त भएका सबै जना कोहि स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने कोहि लामो समय देखि समाज सेवामा समर्पित रहेका समाज सेवी पनि छन् l

प्रधानले अगाडी भनिन आफु धेरै बर्ष सम्म भुटानी पुनर्स्थापनमा काम गरेको र यस्को बिज्ञको त्यो समितिमा आफु सबै भन्दा कनिष्ठ भएकोले आफुलाई यस्मा वहाहरुले नियुक्त गर्नु भएको बताईन l

उनले कुराकानीको शिलशिला आफु सहि समयमा सहि आवाज उठाउनु पर्छ भन्ने सिद्धान्त बोकेर हिड्ने महिला हु l आफुले गरिव दुखि, ओझेलमा परेका र सतह भित्र लुकेर बसेको समुदायको पक्षमा वकालत गर्दै आई रहेको छु l

आवाज उठाउन नसक्ने समुदाय प्रति वकालत गर्न नडराउने ,अन्याय सहन नसक्ने र आवाजलाई बुलन्द पार्ने काममा तल्लिन छु l हामी एसियनहरुमा सबै भन्दा ज्यादा भाषाको पनि समस्या जस्तो देखिएको मैले अनुभूति गरेको छु l र ,सबैले यो महसुस गरेका छन् भन्ने लागेको छ l

imagejpeg_21

भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गार्हो हुन्छ भन्दै आफुले यिनै क्षेत्रमा समस्याको पहिचान गर्दै ठाउँमा बहस गरेको छु l यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हु ,प्रधानले भनिन l

आफ्नो नियुक्त बारेमा नेपाली समुदायमा अझ पनि केहि भ्रम जस्तो लागेकोले आफुले प्रथम पटक दिएको अन्तर्वार्तामा प्रष्ट राख्न चाहेको बताउदै आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै हो l स्वयम् सेवक रुपमा काम गर्नु पर्ने हुन्छ l

आफु जुन स्थानमा पुग्न सफल भएको छु त्यो मेरो परिवारको समर्थन र सहयोग नभएको भए यहाँ सम्म पुग्ने थिइन् भन्दै परिवार प्रति आभार प्रकट संचार माध्यम बाट दिन चाहन्छु भनिन l

एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु l म अहम भूमिका निर्वाह गर्न सक्छु l कुराहरु राख्न सक्छु l तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल ,सल्लाह ,सुझाब र प्रश्नहरु प्राप्त गरि रहेको जानकारी गराईन l

कुराकानीको क्रममा आफु यहाँ सम्म पुग्छु भन्ने नलागेको र आफु नै अचाम्बित भएको जानकारी गराईन l आफु मानव अधिकारको लागि काम गरि रहेको बताउदै जुन काम विवाद रहित हुन्छ l आफ्नो कामको ब्याख्या गर्दै मेरो काम भनेको तटस्थ हुनु पर्छ l

जुन पदमा मलाई नियुक्त गरिएको छ ,त्यो आयोगको बैठक सुरु भै सकेको बताईन l आफु सहभागी हुदा नौलो नलागेको बताउदै आफुले राज्य स्तरमा यसरि नै काम गर्ने गरेको बताईन l आयोवा राज्यमा स्थानीय स्तरमा आयोगमा उनीहरु संगै काम गरेको छु भनिन l

प्रधानले अगाडी भनिन एसिया प्यासिफिक आइसल्याण्डरको लागि मेरो नियुक्ति हो l मेरो काम अमेरिकामा भएका सबै एसियन समुदाय संग काम गर्ने हो l आफुले नियम अनुगमन गर्नेमा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दै नया नियुक्तिको काममा सहज र सरल रुपमा जिम्मेबार निभाई रहेको बताईन l यसको साथै अमेरिका भरि रहेका नेपाली समुदायका मुद्धा ,टेमपोररी प्रोटेकटेड स्टाटस (अस्थायी सुरक्षित हैसियत )स्वास्थ्य ,बिदेशी सम्पति परिवहन आदि ईत्यादी बिषय तथा समस्यामा म नेपाली समुदाय संग काम गर्न चाहेको बताईन l

आफु काम नै गरेर माथि पुगेको संस्मरण गराउदै आफुले अमेरिकामा बस्ने नेपालीहरुको खाका(प्रोफ़ाएल)लेख्ने प्रयास गरि रहेको जानकारी गराईन l

अन्तरवार्ताकै क्रममा ज्यादा प्रचार तथा प्रसारमा रुचि नराख्ने संजिता प्रधानले आफ्नो पुर्खौली घर कोशी अञ्चल ,जिल्ला संखुवासभा चैनपुर घर भएको बताइन l उनले सुनसरी जिल्लाको धरानको बिजयपुर् उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेकी बताईन l

भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी बिद्यार्थी प्रधान अमेरीका पुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी छिन् l

उनि नेपाली समुदायको ईतिहासमा राष्ट्रपति द्वारा सल्लाहकार समितिको सदस्यमा नियुक्त हुने पहिलो नेपाली मुलकी बनेकी छिन् l

imagejpeg_31

Leave a Reply

Recommended Sites