भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने

भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने

माघ १, भर्जिनिया

विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०११ मा गैर मुनाफा संस्थाको रुपमा स्थापना भएको भिजन फर नेपाल फाउन्डेसन(प्रतिष्ठान )ले नेपालमा संघियता र राज्य पुनर्संरचनाका बारेमा जनतासंग अभिमत लिने भएको छापा बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानका संचार समन्वयकर्ता अमृत भण्डारीले जनाएका छन् l

प्रतिष्ठानका अधक्ष्य कृष्ण शर्माले भने ”पहिलो संबिधान सभाको निर्वाचनमा पनि राज्यको संरचना र संघियताका बारेमा जनताको अभिमत बुझिएन l जसको कारण राज्यको संरचना र संघियताका बारेमा पहिलो संबिधानसभा निकै विवादित हुन् पुग्यो र संबिधान सभा तुहियो l दोश्रो संबिधान सभाको चुनाबमा पनि दलहरु संरचना र संघियताका बारेमा जनताको भावना बुझ्न चासो देखाएनन l

यो समस्याको निराकरण होस् र मुलुकको संबिधान निर्माणका क्रममा यस बिषयले जनताको अभिमत आओस भन्ने मुख्य अभिप्रायले प्रतिष्ठानले यस बिषयमा सर्वेक्षण गर्ने लक्ष्य लिएका छौ l राज्य संरचना र संघियताका बारेमा हुने उक्त सर्वेक्षणले यस बिषयलाई टुङ्गो लाग्नका लागि सहजीकरण गर्ने छ l नया सर्वेक्षणले राजनैतिक दलहरु ,संबिधानविद ,सार्वजनिक नीति निर्माता बिचमा संबिधान लेखनका लागि एक वहसको सुरुवात गर्न सहयोग गर्ने प्रतिष्ठानले दाबि गरेको छ l

अधक्ष्य शर्माले अगाडी बताए ”दुवै संबिधान सभाको निर्वाचनमा दलहरुले जनताको अभिमत र भावना बुझ्न कोसिस नगरेको बुझियो l सर्वेक्षणको लागि बिभिन्न प्रकारका बिधि निर्माण भइ रहेको प्रतिष्ठानले जनाएको छ भने उक्त सर्वेक्षणमा नेपाल लगायत विदेशमा रहेका नेपालीहरुसंग पनि राज्यको संरचना र संघियता बारेमा सवाल गरिने छ l

मुलत नेपालका ५ विकास क्षेत्र १४ अञ्चल र ७५ वटा जिल्लालाई समेट्ने गरि १४ वटा जिल्लालाई छनौट गरि उक्त जिल्लामा सर्वेक्षण गरिने भएको छ l जसमा राज्यको पुनर्संरचना र संघियताका बिषयमा बिभिन्न प्रश्नावलीको तैयार गर्ने ,विभिन्न जात तथा समुदायमा समुह छलफल गराउने ,घरदैलो गएर तैयार पारिएका प्रश्नावली आधारमा जनतासंग अन्तर्वार्ता लिने जस्ता कार्य गरिनेछ l त्यसै गरि बिदेशमा रहेका नेपाली नागरिकलाई समेत यस बिषयमा संलग्न गराउनको लागि अन्तर्जाल प्रयोग गरि सर्वेक्षण गरिने भएको छ l जसमा पृथक् अन्तर्जाल पोर्टल (बिधुतिय संजाल )निर्माण  गरि राज्यको संरचना र संघियताका बारेमा प्रश्न राखिने छन् l विभिन्न देशमा समन्वय को लागि प्रतिष्ठानले आफ्ना कर्मचारीलाई खटाई सकेको छ l

प्रतिष्ठानको प्रधान कार्यालय अमेरिकाले उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलियाको समन्वय गर्ने छ भने बेलायत स्थित सम्पर्क कार्यलयले अफ्रीका तथा युरोपको समन्वय गर्ने छापा बिज्ञप्तिमा जनाएको छ l यसरि गरिएको सर्वेक्षणका आधारमा आएको उपलब्धि र नतिजालाई संबिधानसभाका सभामुख समक्ष प्रस्तुत गरिने प्रतिष्ठानका अधक्ष्य कृष्ण शर्माले बताउदै अप्रिल २०१४ सम्म उक्त काम फत्ते गर्ने तैयारी भइ रहेको बताए l र नेपालस्थित कार्यालयले अत्यधिक रहेका एसियाली मुलुकहरुलाई समेट्ने छ l यो परियोजना सफलता हेतु कोश अभिवृद्धि गर्नको लागि एक कार्यक्रमको तय भैं सकेको जानकारी दिदै उक्त कार्यक्रममा अमेरिकाका प्रतिनिधि सभाका सभासदलाई पनि निमन्त्रणा गरिएको जानकारी प्रतिष्ठानका अधक्ष्य शर्माले दिए l

 

Leave a Reply