म आफुलाई एक औसद ” एन आर एन ” भन्न चाहन्छु

 ​tenzi sherpa 2

गैर आवाशीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका वर्तमान महासचिब तथा अध्यक्ष पदका उम्मेदवार तेन्जी शेर्पा संग विजय थापाले लिनु भएको अन्तर्वार्ता:

यहाले एन आर एन को अधक्ष्य पदमा उम्मेद्वारी दिई सक्नु भएको छ ,कति को चुनाबी प्रचार प्रसारमा समय खर्च गरि रहनु भएको छ ?

तेन्जी शेर्पा : चुनाबी प्रचार प्रसार भन्दा पनि वर्तमान कार्यकारी समितिमा आफु जिम्मेबारी पदमा भएकोले भएका कार्यलाई राम्रो संग समापन गर्न तल्लिन छु l आफु सम्पर्कमा पनि रही रहेको र राष्ट्रिय समन्वय समितिहरुका साधारण सभा तथा कार्यक्रममा समय व्यवस्थापन गरि पुग्ने गरेको छु l र बिगतमा युरोप क्षेत्रका स्विटज़रल्याण्ड, स्पेन , जर्मन, बेल्जियम र पोर्तुगल लगायत बिभिन्न राष्ट्रहरु, अमेरिका, मध्य पूर्वका केही देशहरुको राष्ट्रिय समन्वय परिषदहरुको साधारण सभामा उपस्थित भएं र त्यो क्रम जारी छ।

यस पालीको चुनाब प्रतिस्पर्धा हुने निश्चित देखिएको छ भने अरु उम्मेदवार भन्दा तपाई कसरि पृथक रुपमा प्रस्तुत हुने ? 

तेन्जी शेर्पा : पृथक रुपमा प्रस्तुत भन्दा पनि संस्थाको मूल मर्म तथा संस्थाले लिएर हिडेको दर्शन तथा उदेश्यलाई अझ संस्थागत गर्न आवश्यक भएकोले त्यसमा मेरो बिशेष चासो रहेको छ l मैले राष्ट्रिय समन्वय परिषद तथा अन्तरराष्ट्रिय राष्ट्रिय परिषदका हरेक खुड्किलामा स्थापना काल देखि नै सक्रिय रुपमा काम गरि सकेको छु l एन आर एन ए को क्रियाकलापमा कहिले निस्क्रिय रहिन र गैर आवाशीय नेपाली संघको हरेक गतिबिधिमा पूर्ण रुपमा साथ दिएको छु l साथीहरुले भोगेका बिभिन्न समस्या तथा हक हितका बिभिन्न मुद्दाहरु समेतमा आफुले अहम भूमिका निर्वाह गरेको छु l

मेरो अनुभव र मेरो क्रियाशीलताको उचित मुल्यांकन हुनेछ भन्ने विश्वास लिएको छु l

गैर आवाशीय नेपाली सघको चुनाब अन्तत्वगत्वा सहमतिमा निकास निस्केको देखिएको छ ,नेतृत्व कै लागि संस्था चिरा पर्ने भयो भने के यहाँ आफ्नो उम्मेदवारी समर्पण गर्न सक्नु हुन्छ ? 

तेन्जी शेर्पा : आफ्नो निजि स्वार्थ भन्दा पनि संस्थाको महत्व बढी हुन्छ l संस्थामा सबल र सक्षम नेतृत्व हुनु पर्छ भन्ने मेरो मान्यता छ l साथीहरुको चाहना पनि त्यहि रहन्छ भन्ने आशा लिएको छु l आफ्नो लामो अनुभवको कारण आफुले अहिलेको परिस्थितिमा यो स्थितिको सामना गर्नु पर्छ जस्तो लाग्दैन l

संस्था नै दर्ता नभएको अवस्थामा एक तिर छ भने जल बिद्युतमा लगानी करौडौ को भै सकेको छ भने विदेशमा दुख गरि आर्जन गरेको लगानीलाई कसरि प्रत्याभूति दिनु हुन्छ? 

तेन्जी शेर्पा : संस्था दर्ता गर्ने हाम्रो कोसिसमा सरकार तर्फबाट गैर आबासिय नेपाली ऐन २०६४ र संघको बिधानमा भिन्नता रहेकोले दर्ता गर्न नसकिएको ब्यहोरा पत्र मार्फत पाएका छौ । र भिन्नता भएका बिषयहरुमा बिधान संसोधन गरेर मात्र संस्था दर्ता गर्न सकिने जानकारीमा आएको छ । संस्था दर्ता नहुँदा संघको भवन निर्माण, परोपकारी कृयाकलापहरुमा चन्दा संकलन गर्ने कामहरु खुला विश्वाबिद्यालयमा सहयोग जुटाउने कार्यहरु लगायत बिभिन्न कामहरु प्रभावित भएकोले संघका यस्ता कृयाकलापहरुलाई अझ प्रभावकारी ढंगमा गर्नको लागि संस्था दर्ता गर्ने बिषयमा अझ गम्भिर भएर लागेका हौं ।

वास्तवमा यस् भन्दा अघिको कार्यकालमा नै संस्था दर्ता हुन सक्ने परिस्थिती भईसकेको थियो तर त्यस ताका संघका अग्रजहरु बिचमा नै आन्तरिक रुपमा केही मतभिन्नता भएको मैले महशुस गरेको थिए । संस्था दर्ता हुन सक्ने त्यो मौका हामीले गुमाएकै हौँ ।अहिले आएर दर्ताको लागि गैर आबासिय नेपालीको परिभाषामा नै परिवर्तन गर्नु पर्ने सम्बेदनशील परिस्थितीमा हामी छौँ । यसबारेमा यसपाली छैंठौं विश्व सम्मेलनमा बृहत छलफलको जरुरी छ ।

तर संघ दर्ता हुन नसकेको स्थितिमा पनि बिभिन्न कृयाकलापहरुमा सरकारसंग सहकार्यगरिरहेका छौ l सरकारले एनआरएनएको अध्यक्षलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समितिमा राख्ने, गैर आबासिय नेपाली सल्लाहकार समितिमा संघका पदाधिकारीहरुलाई समेट्ने, निर्वाचन आयोग सँगको प्रवासी मतदान (Absentee Voting)को अध्ययनमा संघका प्रतिनिधिलाई समितिमा राख्ने जस्ता पहिचान दिएको छ।

जहाँ सम्म लगानीको कुरा छ, एन आर एन बिसुद्ध गैर नाफा मुलक संस्था भएकोले संघले नाफा कमाउन नेपालमा लगानी गर्दैन भन्ने कुरामा हामी प्रस्ट हुन जरुरी छ। संघले नेपालको आर्थिक बिकाशमा हातेमालो गर्ने उद्देस्यले गैर आबासिय नेपालीहरुको लगानी नेपाल तर्फ एकीकृत गराउन सामुहिक लगानिको अबधारणा ल्याएर कम्पनि (प्रतिष्ठान)को माध्यमबाट त्यस्तो लगानी भित्र्याएको हो l देश विकासमा टेवा पुगोस भनि प्रारम्भिक चरणमा जल बिद्युतको क्षेत्रमा लगानी भित्राउने काम सुरु भएको हो । तसर्थ संघ दर्ता नभए पनि गैर आबासिय नेपालीहरुको लगानी जोखिममा पर्ने कुरा हुँदैन । कम्पनि (प्रतिष्ठान)को माध्यमबाट लगानी गरिएकोले लगानी कर्ताले नेपालको परिस्थिती लगानिको क्षेत्र लगायत सम्पूर्ण कुराहरु बिचार गरेर आफ्नै निर्णयबाट लगानी गर्नु पर्ने हुन्छ। तर नेपालको अहिलेको परिस्थितीमा नै गैर आबासिय नेपालीहरुको लगानी आवश्यक र महत्वपूर्ण हुने कुरा हामीले सबैलाई अबगत गराउन चाहेका हौं। नेपालमा रहेका लगानिका अबसरहरुलाई गैर आबासिय नेपालीहरु बिच प्रचार प्रसार गर्न पनि त्यतिकै जरुरी छ।

दोहोरो नागरिकता दिन नेपालका राजनीति दलहरुले नै टाउको अर्को तिर फर्काएका छन् र अलमलमा पारि रहेको देखिएको छ भने यस्तो जटिल अवस्थामा दोहोरो नागरिकताको मुद्दालाई बोकेर हिड्न सम्भव होला र ?

तेन्जी शेर्पा : दोहोरो नागरिकता सम्बन्धी धेरै अन्तरक्रियाहरु भै सकेका छन् । संबिधान सभाको अबसान संगै हाम्रा चाहनाहरु र हामीहरुले राजनैतीक दलहरुसंग गरेका सहकार्यहरुको तार्किक निर्क्योल हेर्न पाएनौं। “एक पटकको नेपाली सधैंको नेपाली”सुनिश्चत गराउन नागरिकताको निरन्तरताको अभियानलाई निष्कर्षमा पुरयाउन सक्रिय भूमिका निभाउन सम्बाद र अन्तर्कृया जारी राख्नु पर्छ। आगामी संबिधानको खाकामा यो बिषय ठीक संघ प्रस्तूत भए-नभएको अनुगमण र प्रचार (Lobby) जारी राख्नु पर्छ।

गैर आवाशीय नेपाली संघ मा पनि राजनीतिक रंग भएका व्यक्तिहरुको प्रवेश हुन् थालेकोले निकै राजनीति  हुन् थालेको छ र बिबादमा धेरै राष्ट्रिय समन्वय समितिहरु मुसीएका छन्  र यसमा यहाको भनाई के छ ? 

तेन्जी शेर्पा : नेतृत्व चयनको प्रकृयामा कुनै पनि राजनीतिक दलहरुले हस्तक्षेप नगरुन भनि आग्रह गर्दछु l हामी फूट भन्दा जूट हुनु आवस्यक ठान्दछौ र अनेकतामा भन्दा एकतामा विश्वास राख्ने भएकोले मिलेर काम गर्नु पर्ने अहिलेको आवश्यकता हो l

संघमा बिभिन्न राजनीतिक बिचार भएका व्यक्तिहरुको प्रवेश स्वागत योग्य छ र हुन्छ पनि l एन आर एन ए पवित्र बिशुद्ध सामाजिक गैर नाफामुलक गैर राजनैतीक संस्था हो; र यस्ले बिभिन्न राजनीतिक विचार भएका व्यक्तिहरुलाई अटाउन सके पनि यस् भित्र रहेर हामीहरु संघका उद्देस्यमा अन्तर्निहित मुद्दाहरुमा केन्द्रिकृत हुन जरुरी छ – कुनै  राजनैतिक दलहरुको निर्देसनमा होइन । राजनीतिकरणबाट यो संस्था मुक्त हुनु पर्छ।

एनआरएनए पैसा वालाको संस्था हो भन्ने आरोप छ? 

तेन्जी शेर्पा : सवाल आउनु स्वाभाविक हुन् सक्दछ किनभने अहिले सम्मका संघका प्रतिनिधित्वले त्यस्तो देखाएको छ । तर म आफुलाई एक औसद ‘एन आर एन ‘ भन्न चाहन्छु lमेरो उपस्थिति प्रतिनिधिमुलक हुनेछ lर आफु अभियन्ता (ईन्जिनीरिंग)क्षेत्रमा भएकोले एउटा कामदार तथा मजदूर हु l

यहाँ त महासचिब हुनु हुन्छ र बिश्व भरि सबै संग संस्थाको तर्फबाट सम्पर्कमा हुनु हुन्छ ?र कतिको साथ दिने बचन बद्दता पाई रहनु भएको छ ? 

तेन्जी शेर्पा : साथीभाई,अग्रज, शुभ चिन्तकहरुको ठुलो सहयोग भै रहेको छ ​l​ वहाहरु कै सल्लाह र परामर्शबाट उम्मेदवारीको घोषणा पनि गरेको छु l अहिले सम्म सदैब क्रियाशीलता देखाएको र महासचिबमा काम गर्ने अवसर पाएकोले मेरो काम र मैले आफ्नो बिबेकले भ्याए सम्म संस्थाको हित र कल्याणको लागि कुनै कसर न छोडेको अवस्थामा साथ पाई रहेको छु ​l ​अपेक्षा पनि गर्दछु र नियमित सम्पर्कमा छु l

 

Leave a Reply