३२ औ एएनए सम्मेलन होटल शेराटन डिसीमा हुने निधो

ana-main-logo

चैत्र ७ ,भर्जिनिया

विजय थापा

अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४ )को सप्ताहमा ३१ बर्ष देखि निरन्तर सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (ए एन ए )को ३२ औ ए एन ए सम्मेलन होटल शेराटन टाईसन् कर्नर डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने निधो भएको छ l

जुलाई ४,५ र ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनका संयोजक हेमन्त श्रेष्ठ तथा उपसंयोजक लक्ष्मण प्रधानको बिशेष पहल मा लामो समयको खोज र नेपाली समुदायलाई सुहाउदो अतिथि गृह तथा सम्मेलन स्थल पाईएको जानकारी संयोजक हेमन्त श्रेष्ठले बताए l

संयोजक श्रेष्ठले नेपालीहरुको अत्यधिक सहभागिता हुने हुनाले नेपाली खाना खोज्ने र उक्त व्यवस्था हुन् सकोस भनि धेरै अतिथि गृह (होटल )धाएको र कहिँ पनि नेपाली खानाको व्यवस्था गर्न नसकिने देखिएकोले वाशिंगटन डिसी महानगर क्षेत्रमा यो शेराटन प्रिमिएर टाइसन कर्नर सबैलाई केन्द्र पर्ने र आयोजकको आग्रहलाई शेराटन व्यवस्थापनले स्वीकार गरे पछि सम्झौतामा हस्ताक्षर गरिएको बताए l

उप संयोजक लक्ष्मण प्रधानले अब कार्यक्रम स्थलको निधो भएकोले अब सबै काम द्रुत गतिमा लाने बताउदै बिशेष योजना तर्जुमा गर्ने बताए l३१ बर्ष अगाडी वाशिंगटन डिसीमा दर्ता भएको ए एन ए का ३२ औ ए एन ए सम्मेलन आयोजक समितिमा हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान उपसंयोजक रहेको २१ सदस्यीय संयोजन समिति गठन भै सकेको र आ- आफ्ना काममा लागि रहेको जानकारी श्रेष्ठले दिए l धमाधम सम्मेलनको संजाल (वेब साइट )बनिरहेको र ३२ औ ए एन ए सम्मेलनको नारा(थिम) बारेमा घोत्लि रहेको थप जानकारी दिइएको छ l

शेराटन प्रिमिएर टाइसन कर्नर करिब ४५,००० हजार स्क्वायर फीट क्षमता भएको छ भने नया र मर्मत गरिएको उक्त होटल डलस अन्तर्राष्ट्रिय बिमान स्थलबाट करिब १० मिनेटको दूरीमा रहेको छ l सम्मेलन केन्द्र २० मिनेटमा अन्य बिमान स्थलबाट आई पुगिने छ भने रेल सेवा (डिब्बे गाडी ) र बस (यात्री बाहक बाहन) को पनि सुबिधा नजिक रहेको छ l

Leave a Reply