३२ औ ए एन ए डिसी सम्मेलनको दर्ता (रजिस्ट्रेसन )शुभारम्भ

ana logo
 
बैशाख २० ,भर्जिनिया 
विजय थापा,
 
अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को सेरोफेरोमा ३१ बर्ष देखि निरन्तर बार्षिक सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (ए एन ए )को ३२ औ ए एन ए सम्मेलनको दर्ता प्रक्रिया सुरुवात भएको छ l
 
३२ औ ए एन ए सम्मेलनको नारा ” अमेरिकामा नेपालीमन वाशिंगटन डिसीमा ए एन ए सम्मेलन ” भन्ने नारा तय गरिएको छ भने यस सम्मेलनको लागि प्रतिक चिन्ह (लोगो )पनि निर्माण गरिएको छ l
ana-main-logo
​३२ औ ए एन ए सम्मेलन​ ​​अमेरिकाको डिसी महानगर क्षेत्रमा यहि ४ देखि ६ सम्म शेराटन होटल प्रिमियरमा हुने भएको छ l ३२ औ ए एन ए सम्मेलनको अधिकारिक संजाल (वेब) www.anadcconvention2014.org निर्माण गरि संचालनमा ल्याई सकेको छ । जुलाई ४- ६ तीन दिन सम्म चल्ने ३२ औ ए एन ए सम्मेलनको लागि सहभागी हुने सम्पूर्णलाई अग्रिम रुपमा दर्ता गर्न र केहि छुट  प्राप्त गर्न आग्रह गरिएको छ l 
 
सम्मेलन सम्बन्धि बिस्तृत जानकारीको लागि ३२ औ सम्मेलन संजाल www.anadcconvention2014.org हेर्न हुन् आग्रह गर्दै प्रारम्भिक चरणमा सम्मेलन संजाल संचालनमा ल्याईएकोले निरन्तर रुपमा थप जानकारी गराईने सम्मेलन सूचना प्रबिधि संयोजक राजु जोशीले बताएका छन् l

Leave a Reply