​​ ​​अमेरिकामा दशैं यसरि मनाईयो

DSCN1340

आश्विन १९ ,भर्जिनिया

विजय थापा

अमेरिकामा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरुले हर्सो उल्लासको साथ दशैं मनाएका छन् l आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै दौरा सुरुवाल र महिलाहरुले नेपाल जस्तै गरेर चुरा ,पोते ,तिलहरी बिभिन्न रंगका फरिया लगाएका थिए l

आफु भन्दा मान्यजनहरु संग टिका थापेका थिए भने आफु भन्दा सानालाई आशिर्बाद दिई टिका लगाई दिएका थिए l यस बर्ष दशमी शुक्रबार कामको दिन परेको भएता पनि कामको सुबिधा अनुसार बिहान १०.१५ मिनेट को साइतमा नै टिका लगाएका थिए भने समय नभ्याएकाहरुले टिका सांझ सम्म लगाएका थिए l टिका कार्यक्रम बिहान देखि राति सम्म चलेको थियो l

DSCN1363

बालबालिकाहरु बिसेष रुपमा नया कपडामा देखिन्थे भने अधिकांस नेपालीले ढाका टोपी तथा दौरा सुरुवाल आफन्तका आवत जावत गरेको देखिन्थ्यो l

कामको दिनमा दशमी परेकोले अमेरिकामा नेपालीहरुको पोसाक ,रातो टिका निधारमा र बिभिन्न पहिरनमा समुहमा आवत जावत गरेको बिदेशीहरुले देखेर अभिरुची पुर्वक दशैंको बारेमा जिज्ञाशा राखेको डिसी बासी एक नेपालीले जानकारी गराए l

DSCN1351

नेपाली समुदायले पक्कु ,खल्पिको अचार ,रायोको साग ,सेल रोटि ,चिउरा ,कलेजो ,भुटेको भित्र्यास आदि खान पाएकोमा नेपाल पुगेको अनुभूति गरेको अधिकांस नेपालीहरुले बताए l टिका लगाउनुको साथै जमरा कानमा भिरेर यत्र तत्र नेपालीहरुको चहल पहल बढेको देखिएको थियो l केहि नेपालीहरुले नेपाल जस्तो चंगा उदाउन र लिङ्गे पिङ्ग खेल्न अमेरिकामा नपाईने भएकोले जे जस्तो भएता पनि दशैंमा मात्री भुमिको धेरै याद आएको बताए l

 

DSCN1357

Leave a Reply