आरम्भ या अन्त

बुझ्नै सकिन मैले, यो हाम्रो सम्बन्ध के भयो

सोधी हेरे आफैलाई, आरम्भ या अन्त भयो

एक्लै हिड्दा बिरानिमा, ठेस लागि झस्काई दियो

यात्रा यो कठिन मेरो, साथ तिम्रो मागेकै हो

हात नदिइ तिमि हिड्दा, मनमा ठुलो आधि चल्यो

सोधी हेरे आफैलाई, आरम्भ या अन्त भयो

मलाई माया गर्छौ भनि, प्रस्न एउटा सोधेको त्यो

नाता सबै तोडी गएउ, मैलेत साथी मानेकै हो

बुझ्नै सकिन मैले, एक्कासी तिमीलाई के भयो

सोधी हेरे आफैलाई, आरम्भ या अन्त भयो

बुझ्नै चाहेनौ तिमीले, यो माया थियो निश्चल मेरो

मबाट तिमि पर जादा, साथमा तिम्रो कोहि थियो

नया साथी पाएर होला, मेरो माया बिरानो भयो

अनि सोधी हेरे आफैलाई, आरम्भ या अन्त भयो

0 thoughts on “आरम्भ या अन्त”

  1. Sagarika ji

    Tapai ko kabita haru aati ramro cha !

    Tara kabita haru padhda euta kurale chai maly jahile sochna badhya banaucha ! tyo k bhane kabi harule biyog ka kura aafuma aaye pachi korna sikchan ki aaru ko dekhera kalpan garera korna thalchan ….yo kura janna paaye hunthyo !

    any wayz tpai ko kabita chai nikai biyoganta cha hai ! kip it up !

    1. safal ji, kabita man parai dinu bhayekoma dhaneybaad. Biyogka kuraharu aafuma aayepachi matra haina aruko dekhera wa kalpana garera pani korna sakincha jasto malai lagcha. thank you!

  2. सागरिका जी

    किन तिमि छोडी आयो सम्झनाका ति तरेली

    हामीले त बाचा बन्धन पनि त बढेका थियों

    सगै मर्ने सगै बच्ने कसम पनि त खाएका थियों

    तर

    यक चोटी सम्झी हेर म तिमीलाई होइन तिमीले मलाई छाडेकी थियों

    ति अतितका पानाले

    न तिमीलाई न मलाई नै बच्न दियो

    मेरो कल्पना मा तिमि थाहा छैन तिमि मा को छ

    यदि चाहन्छायो भने

    हाम्रो अतीतलाई वर्तमान बनाउ

    1. श्याम जी,

      सर्बप्रथम कमेन्ट को लागि धन्यबाद!

      तपाइको कविताको जवाफ निकै राम्रो लग्यो. “तरेली” भन्ने शब्दको प्रायोग झनै राम्रो लग्यो. तर अतीतलाई वर्तमान बनाउने धुनमा, वर्तमानपनि हातबाट छुट्ला भन्ने डर हुन्छ नि, हैन र?!

Leave a Reply to samCancel reply