बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट

बा २ करोड को लोभ मा ,

बाबुराम अंकल ले दिन्छ भन्ने विश्वाश मा

सगरमाथा चड्छु भनी खोकी हाले ,

पैसो त मिलेन मिलेन सगरमाथा चै चढ्नै पर्ने भो ,

बा यो पाली कस्को आँखा लाग्यो हाम्रो कमाइ मा

मैले फोकट मा काम गर्न पर्ने भो ।

बा सगरमाथा चढ्न गाह्रो रइछ ,

१३ हजार को लास मा चढेर सत्ता पुगे जस्तो सजिलो रइनछ ,

घोडा चढेर रोल्पा गए जस्तो हैन रइछ ,

पचासौ कामरेड काम म राखेर मस्ती गरे जस्तो हुन्न रइछ ,

बा सगरमाथा चढ्न गाह्रो रइछ ।

बा सगरमाथा ले तिम्रो कुरो मान्दैन रइछ ,

मैले म प्रचण्डको छोरो हुँ भनेको

सुनेको न सुनै गर्दो रइछ ,

मैले म सँग अझै धेरै सक्ती छ भनेर धम्क्याको

अटेर गरेर बस्दो रइछ ,

हीउ पारेर मलाई सगरमाथा ले बा अगी बद्न नदिदो रइछ

बा यहाँ तिम्रो पावर नचल्ने रइछ ।

बा एउटा बात चै यहाँ रमाइलो रइछ,

जती जाड खाएनी हुने रइछ ,

जता लडे पनि हुने रइछ ,

न यहाँ पत्रकार छ ,

न क्यामरा ,

न कसैले देख्ला भन्ने डर छ न कसैको वास्ता नै छ ,

बा यहाँ जाड टन्न खान पाइदो रइछ ।

बा यहाँ त एक दम चिसो रइछ ,

मैले हिजो ग्रिनेड पड्काएर आगो बालेको थे ,

एक छिन त तातो भो ,

तर सगरमाथा को चिसो सामु हाम्रो केइ नलाग्ने रइछ ,

हाम्रो त्यस्तो महँगो बारुद पनि फिक्का भो ,

बा सगरमाथा तिमी भन्दा बलवान रइछ ।

बा मलाई थाहा छ ,

तिम्लाई नि थाहा छ

मैले सगरमाथा चढेर संबिधान बन्दैन ,

न त मैले सगरमाथा चढेर शान्ति नै आउछ ,

मैले त केवल जनता को आँखा मा छारो हाल्न खोजेको थे,

प्रचण्ड पुत्र ले केही गर्‍यो भन्ने पार्न खोजे थे ,

तर बा केही गर्‍यो भन्ने पार्न लाई केइ गर्न पर्ने रइछ ,

सित्तै मा हजारो कामरेड को लाखौं खाए जस्तो सजिलो रइनछ

बा सगरमाथा चढ्न गाह्रो रइछ,

किनकी सगरमाथा ले रगत को भाषा नबुज्दो रइछ ।

Note : For sure I am not Prakas Dahal. Please comment about my poem, not about politics over here.

Thank you!

0 thoughts on “बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट”

  1. no words left……………बा सगरमाथा चढ्न गाह्रो रइछ,

    किनकी सगरमाथा ले रगत को भाषा नबुज्दो रइछ ।rocks……….

  2. राम राम राम त्यस्तो हुदो रहेछ सगरमाथ चढ्न ……… बल्ल थाह भयो …….

Leave a Reply to AnieCancel reply