सगुन एसिया क्षेत्रको लागि नया दिल्लीबाट आरम्भ हुने

Sagoon launch in India

विजय थापा

साउन ६ ,भर्जिनिया

सगुन डटकमले आफ्नो संजाल बिस्तार गर्दै व्यापक बनाउने उदेश्य अनुरुप एसिया क्षेत्रको लागि नया दिल्लीबाट आउदो जुलाई २६ तारिख दिल्ली अवस्थित ह्यात होटलमा एक अन्तर क्रियात्मक पत्रकार सम्मेलन मार्फत सगुन संचार इंक (सगुन कम्युनिकेसन इनकर्पोरेसन )प्रारम्भ गर्ने भएको छ l

सयौ एसियाली संचारकर्मीहरुलाई निमन्त्रणा गरि सकिएको र सबै कार्यक्रम तालिका प्रदान गरि सकिएको बताईएको छ l ४ बजे देखि राती ९ बजे सम्म चल्ने उक्त कार्यक्रममा सगुन संचार बारेमा बिस्तृत जानकारीको साथै तथा प्रश्न उत्तरको साथै रात्री भोजनको समेत आयोजना गरिने भएको छ l

यसै बीच उक्त कार्यक्रमको लागि बलिवुड अभिनेत्री मनिषा कोइराला पनि सहभागी हुने र एसिया भरका संचार माध्यमले अन्तर क्रियात्मक कार्यक्रममा भाग लिने छन l सगुन डटकमको समुद्घाटन गत जुलाई ४-६ छ सम्म सम्पन्न ३२ औ ए एन ए डिसी सम्मेलनमा गरिएको थियो भने एक हप्ताको अवधिमा छबीस हजारदर्तावाल प्रयोग कर्ताहरुले सगुनको उपयोग गरेको जनाएका छन् l ​ ​उक्त कार्यक्रमको लागि सगुन समुहका प्रतिनिधिहरु दिल्लीमा रहेकोले उनीहरु मार्फत उक्त कार्यक्रम गरिने जनाईएको छ l

Leave a Reply