बानेश्वरमा कसरी घरभित्र पस्यो चितुवा ? (भिडियो)

काठमाडौंको नयाँ बानेश्वरस्थित एक घरमा शनिबार दिउँसो चितुवा पसेपछि त्यसलाई समातेर शिवपुरी जंगलमा लगिएको छ ।

स्थानीय हेमराज भण्डारीको घरमा मध्याह्न साढे १२ बजे चितुवा बसेको हो । चितुवा एक्कासि घरको कम्पाउन्डमा देखिएको र शौचालयमा गएर बसेको सोही घरमा डेरा गरेर बस्ने राप्रपा नेपालका नेता रविन चाम्लिङ राईले जानकारी दिए ।

समातिएको चितुवा पोथी चितुवा रहेको र यसलाई शिवपुरी राष्ट्रिय निकुन्जमा लगेर छाडिने सदर चिडियाखानाका वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तीले जानकारी दिए ।

चिडियाखानका कर्मचारी र प्रहरीको झन्डै तीन घन्टाको प्रयासपछि चितुवालाई बेहोस पारेर निकुन्जतर्फ लगिएको हो ।

Imagekhabar

Leave a Reply