कपिल शर्मा तथा कुमार सानुको कार्यक्रम रद्धले नेपालीलाई दिएको संदेश

FotoFlexer_Photoविजय थापा
पौष १० ,डिसी

हालसालै भारतका ख्याती प्राप्त हास्य कलाकार कपिल शर्माको प्रस्तुती रहने भनिएको एनसेल पर्पल फेष्ट कार्यक्रम रद्ध भए पछि बिश्वभर नेपाली समुदायमा नराम्रो संदेश पुगेको छ l

र , धेरै प्रश्न उब्जियता पनि यथार्थता भनेको अर्कै छ l नेपाल सरकारले उनको सुरक्षा गर्न नसकेको कारण दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम अन्त्यमा रद्ध गर्नु परेको थियो l

उनको कार्यक्रममा आयोजकले टिकट बेची रकम लिएर कुलेलाम ठोकेको हैन l उनि जस्ता कलाकारलाई अत्यन्तै सुरक्षाको चाहिन्छ l र, त्यो दिन नसके पछि कार्यक्रम रद्ध हुन् पुगेको यथार्थ हो l तर नेपाल आउनु अगाडी किन अवगत गराईन त ? दुख दिने नियतले गरेको हो त ? उनि अत्यन्तै व्यस्त भएको हुदा हुदै नेपाल आउनु नेपाल प्रति उनले देखाएको सम्मान मान्नु पर्छ l

कार्यक्रम नभएता पनि उनले पाउने रकम गोजीमा परेको हुनाले तै चुप मै चुप भए l र ,नेपाली उखान ” पशुपतिको दर्शन र सिद्राको ब्यापार ” भने जस्तै आखिर पशुपतिनाथ दर्शन गरि छाडे l

उनले फेरि काठमाडौं आएर भब्य कार्यक्रम लिएर आउँछु l कार्यक्रम हुन् नसक्दा आफ्नो कार्यक्रम माथि कसैको नजर लाग्यो भनि टिप्पणी गरेता पनि आखिर त्यसो व्यस्त कलाकारले समय मिलाएर नेपाल पुग्नु नै नेपालीहरुको लागि सौभाग्य हो l

कार्यक्रम स्थगित भएको ५० प्रतिशत दुःख र काठमाण्डौ आउन पाएकोमा ५० प्रतिशत खुसी लागेको बताएता पनी उनका प्रसंशकहरुले छाया चित्र खिच्न भ्याए l

निक्कै अगाडीको कुरा हो यसै गरि भारतका ख्याती प्राप्त गायक कुमार सानुको एकल सांगीतिक साँझ आयोजको बदमासीको कारण रद्ध भयो l

र ,आयोजकले उठाएको टिकटको पैसा लिएर बेपत्ता भएको खबरले सबै नेपाली दुखित भए l र ,नेपालीको नाक काटिएको थियो l छापामा जताततै खबर डढेलो लाग्यो l त्यस्तो हर्कत सम्म गरेको देखियो l गायक कुमार सानुले सार्बजनिक स्थलमा आयोजकलाई भने पैसा नउठेको भए मलाई भनेको भए म सित्तैमा पनि यहाँ आई सके पछि गाई दिन्थे l

कार्यक्रम हुनु अगाडी आयोजक बेपत्ता हुदा मैले के सोच्ने भन्दै यसले नराम्रो प्रभाव भएता पनि सबै नेपाली यस्ता हुदैनन् भन्दै आखिर नराम्रो लागि भारत फर्किए l फटाहा र बदमास जहाँ पनि हुन्छन भन्दै आफ्ना दुख पोखेका थिए l

तर कपिल शर्मामा आयोजक ईमान्दार भएको कारण पाउने पारिश्रमिक प्रदान गरे पछि त्यो कुराको अध्याय नै समाप्त भयो l

केहि बर्ष अगाडी अन्तर राष्ट्रिय ख्याती प्राप्त क्यानाडियन गायक ब्रायन एडम्सले नेपालको ईतिहासमा नै पहिलो पटक एकल कार्यक्रम गरे l यत्र तत्र सर्बत्र चर्चा पाए त्यो भन्दा पनि आयोजकले स्याबासी पाए l जताततै आयोजको चर्चा भयो र भब्य कार्यक्रम भयो l र ,बिश्व भर नेपालको चर्चा भयो l

Bryan-Adamsबदमासी जहाँ पनि हुन्छ l कुनै व्यक्ति बदमास हुन् सक्दछ र उसको नियत खराब भएको कारण कलाकारहरुले दुख पाउने गर्दछन l एउटा औलामा बिष लाग्ने बितिकै सबै औलामा नलाग्ने हुनाले यस्ता बदमास र अर्थ कुम्ल्याउने संग साबधान हुनु जरुरि छ l आयोजकले मात्र नभै कलाकारहरु पनि अन्त्यमा नआउने भनि कार्यक्रम रद्ध भएका धेरै उदाहरणहरु छन् l

अन्य कलाकारहरु लाई पुन कपिल शर्मा तथा कुमार सानु जस्तै नबनाइयोस l र ,कार्यक्रम गर्दा ब्रायन एडम्सको जस्तो आयोजक मिलोस l

 

 

Leave a Reply