नयाँ शक्तिको INTRO द्वारा देश विकासको खाका सार्वजनिक (भिडियो)

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भिडियो मार्फत् देश विकासको खाका सार्वजनिक गरेको छ।

मंगलबार बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट देश विकासको खाकासहितको भिडियो सार्वजनिक गरेको हुन् । भिडियोमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ नारा समेटिएको छ भने विकासका दृश्यलाई प्राथमिकताका साथ देखाइएको छ ।

बाबुरामले सार्वजनिक गरेको एनिमेटेड भिडियोको सुरुमा पाइपलाइन सुख्खा भएको देखाइएको छ । पछि पाइप टालेपछि पाइपलाइनबाट पैसा झरेको देखाइएको छ ।

उक्त पैसालाई सदुपयोग गरेर सुन्दर सडकमार्ग, प्राविधिको सहायताबाट कृषि खेती, जलविद्युत सँगै केबलकार देखाइएको छ । अन्तिममा भने आर्थिक समृद्धिका लागि नयाँ शक्ति नेपाल लेखिएको छ ।

Leave a Reply

Recommended Sites