Nepali New Year 2068 Celebration in Austin

अमेरिकाको टेक्सास अस्टिनमा जब नेपाली हरु एक भएर यसरी नेपाली नयाँ बर्ष मनाउन जुटे, तब नाच्यो सिंगो अस्टिन !

कस्तो एकता, कस्तो हार्दिकता, कस्तो एक अर्कामा सहयोग गर्ने शैली, माहुरीहरु जसरी काम मा जुट्ने शैली, हरेकले काम को भाग खोजिरहेछ, तर्किन होइन ! यस्तै देखियो टेक्सासमा । हेम सरिता पाठक प्रतिस्ठानको आयोजना, नेपाली नयाँ बर्षको उपलक्ष्य, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य एबम लोक दोहोरी गायक रामप्रसाद खनालको प्रमुख आतिथ्य र बिशेष प्रस्तुती, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्ले सहितका दर्जनौं बिसिस्ठ पाहुना हरु, टेक्सास अस्टिनका माहुरी रुपी नेपाली दाजुभाइ दिदिबहिनीहरुको सहभागिता, हेम सरिता प्रतिस्ठानको सौजन्यतामा नेपालकै स्वादको नेपाली खाना, बास्तबमा उदाहरणिय थियो यो कार्यक्रम ।

अस्टिन बासी नेपालीले न त खुट्टा तान्न, न त कुरा काट्न जानेका रहेछन, मुखमा राम राम बगलिमा छुरा बोक्ने हाम्रा केही स्वार्थी नेपाली हरु जसले अगाडि ठीक्क र पछाडि कैंचि चलाऊंछन, यता आयो डकार्यो उता गयो उडायो, उता गयो डकार्यो यताको लाई उडायो गर्ने चलन पनि त्यहा रहेनछ । एक ले अर्को लाई सम्मान र सहयोग गर्ने, पुरानाहरुले नयाँ लाई सहयोग गरेर पार लगाउने अस्टिनबासीको बानी देख्दा लाग्यो सबै तिर यस्तै भैदिए कस्तो राम्रो हुन्थ्यो हगी ! तर हामी बाँदरे प्रब्रिती बाट ग्रसित नेपाली उनिहरु सँगबाट सिक्ने हिम्मत कहाँ गर्न सकौँला र ! [Ram Prasad Khanal, NepalMother.com]

View Photo Slide Show

– Sent to us by Ram Prasad Khanal

– Photos and videos by Devendra Parajuli (www.nepalmother.com), Austin Texas (Read more)

Leave a Reply