आऊ दशैं मा देश काटौ

आऊ हामी सब फुटौ
एक अर्का संग जुधौ
दाइ भाइ मारकाट गरौ
नयाँ नेपाल को नयाँ दशैं नयाँ तरिका ले मानौ
आऊ हामी यो दशैं मा देश काटम
नयाँ नयाँ सिमा
नयाँ नयाँ प्रदेश हालौ

कती काट्ने खसी
यो पालि केई नयाँ काटौ
लुगा हाल्ने चलन पुरानो भयो
नयाँ अरु केई हालौ
देश काटे कसो होला
सिमा पनि नयाँ हालौ
नयाँ प्रदेश, नयाँ सरकार
नयाँ संबिधान, नयाँ नेपाल

नयाँ दशैं को बम्पर अफर राम्रो छ
मरे ५० लाख रे
बाचे तिमी सिधै मन्त्री रे
नयाँ नेता को नयाँ भाषण नि राम्रो छ
नयाँ नेपाल आउछ रे
घर घर बाटो पुग्छ रे
बत्ति नि सब सित्तैमा रे
खोला त गाउ गाउ पुग्छ रे
बिकास आफै हुन्छ रे
देश आफै चल्छ रे
नयाँ नेपाल आफै बन्छ रे !

नयाँ नेपालमा तिमी पढ्न पर्दैन रे
नपढी जागिर खान पाउछौ रे
पानी नपरेको बाहुन मन्त्री भएर रे
तिम्ले नपढेको छेत्रीले गरेर रे
तिमि खाडी मा गएको नेवारले गरेर रे
नयाँ नेपाल बने पछि तिमि बेरोजगार हुन्नउ रे
नयाँ जागिर घर मै मिल्छ रे
अनि तिमी अल्लारे भएर बस्न पर्दैन रे
मधेस मा हिऊ पर्छ रे
पानी बर्ष भरि पर्छ रे
नयाँ नेपाल बने पछि
मधेस मा सुन फल्छ रे

खै तिमी पागल होउ कि म
म त दशैं हैन दशा देख्छु
देश काटे पछि तिमी स्वर्ग बन्छ भन्छौ
म त अनिश्चतताको भुमरी देख्छु
भाइ फुट्ने गाउले ले लुट्ने प्रस्ट देख्छु
खै तिमी कसरि भोज देख्छौ
म त केवल शव मात्र देख्छु

तर देश जावोस असफलता तिर
केवल तिमि र म बनौ
तिमि आफ्नो राज्य माग
म आफु लाइ एउटा भन्छु
यो दशैं मज्जा ले मानौ
नयाँ नयाँ सिमा
नयाँ नयाँ प्रदेश हालौ
आऊ यो पाली दशैं मा देश काटौ !

Leave a Reply