Please Help Bishnu Maya Karki Save the Life of her Son

आमा विष्णुमाया Photo courtesy: eKantipur.com
TexasNepal Team is collecting donation to help Bishnu Maya Karki pay for the treatment of her son Suresh Karki who is undergoing treatment at Manipal Hospital in Pokhara after both of his kidneys stopped functioning normally.

Update – Thank you everyone for your generous donation. We were able to collect a total of $1030.50. The fund has been wired to Nepal. It will be deposited into Suresh Karki’s account in few days.

Update: View List of donors

“Not just kidney, I can give every organ on my body to save my son”, says 51-year-old Bishnu Maya who has already donated one of her kidney to her son Suresh.

Please read the article below (extracted from eKantipur) to learn more about the hardship Bishnu Maya is facing to save her son.

We were able to contact Suresh Karki over the phone. He has provided us with his bank account number in Machhapuchchhre Bank (Acc# 15-40-524-094738-01-8).

Anybody willing to help him, please use the paypal button below to send us donation which will be collected and deposited to Suresh’s account in Nepal.

Each penny counts, please donate for this noble cause!

Anybody willing to speak to Suresh Karki and his family can contact them at +977-9806742965.

Update: Donation link removed, please view the table below for list of donors.

The names of donors will be updated on this page everyday. Please email us at [email protected] if you do not wish your name to be listed here publicly.

Below is the article by Prem Nepali, published on Kantipur, describing how Bishnu Maya Karki is struggling to save the life of her only son Suresh Karki.

‘मृगौला मात्र होइन, शरीरै काटेर दिन्छु’

प्रेम नेपाली (कान्तिपुर)

पोखरा, चैत्र २३ – ‘सास भइन्जेल आस लाग्दोरहेछ, दिनरात छोरालाई कसरी बचाउने भन्ने चिन्तामात्र लागिरहन्छ’ दुवै मृगौलाले काम नगरेर छोराको जीवन संकटमा परेपछि चिन्ताले व्याकुल बनेकी ५१ वर्षीया विष्णुमाया कार्कीले दुःखेसो पोखिन् ।

धन कमाएर परिवार पाल्न मलेसिया पुगेका २९ वर्षीय छोरा सुरेश उल्टै थलिएर घर फर्केपछि उनीहरूको होसहवास गुमेको हो । विष्णुमायाको परिवारले उनको उपचारका लागि अन्न खाने खेतबारी पनि सके । पाखो बारीले नपुगेपछि ऋणधन पनि गरे । दुवै मृगौलाले काम नगरेर सिकिस्त छोरालाई बचाउन विष्णुमायाले आफैंलाई संकटमा राखेर एउटा मृगौला दिइन् । वीर अस्पतालमा ०६६ सालमा मृगौला प्रत्यारोपण गरेपछि स्वास्थ्यमा सुधार भए पनि सुरेश एकाएक पुनः थला परे । नाक, मुख र दिसाबाट रगत बगेर सिकिस्त उनलाई वीर अस्पतालमा लगेर देखाउँदा फेरेको मृगौला पनि बिगि्रएको चिकित्सकले बताउँदा विष्णुमाया छाँगाबाट खसेजस्तो भइन् ।

‘खाने बारी बेचेर बल्लबल्ल मृगौला दिएर बचाएको छोरा फेरि उस्तै भयो,’ सामान्य खेतीकिसानीबाट गुजारा गर्दै आएकी कास्की भलाम २ की विष्णुमायाले भनिन्, ‘डाक्टरले फेरि मृगौला बिगि्रयो भन्छन्, छोरा बचाउन भएको एउटा मृगौलामात्र होइन सबै शरीर काटेर दिन्छु भन्दा मिल्दैन भने ।’

उनले मृगौला प्रत्यारोपण गर्दा दुई रोपनी बारी बेचेर १० लाख रुपैयाँ जुटाए पनि अहिले ७ जनाको परिवारका लागि ओत लाग्ने सानो घरबाहेक केही नभएको उनले बताइन् । ‘श्रीमान्को आम्दानी छैन, बुहारीको पनि त्यस्तै छ,’ बिरामी छोराको दस महिनाको बच्चा भएको बताउँदै उनले भनिन्, ‘उपचारमा सबै सम्पत्ति सकियो, एउटी छोरीले पनि पढ्न नपाएर होटलमा काम गरेर परिवारको पेट भर्दै आएकी छ ।’ खर्च अभावले ११ कक्षामा पढ्दापढ्दै बीचमै पढाइ छाडेकी छोरी सम्झना पोखराको एक होटलमा वेटरको काम गर्छिन् ।

०६२ सालमा मलेसियामा काम गर्न पुगेका सुरेश चार वर्षपछि ०६६ मा थलिएर घर फर्केका थिए । अस्पतालमा जचाउँदा मृगौलाले काम नगरेको भनेपछि हेमोडाइलोसिस र अन्य औषधि उपचारमा अलिअलि कमाएको पैसा सकिएको थियो । मृगौला प्रत्यारोपणपछि सामान्य घरायसी काम गरेका छोराको मृगौला बिग्रेर फेरि जीवन संकटमा परेपछि विष्णुमाया सहयोगको खोजीमा भौंतारिएकी छन् । सातामा दुईपटक हेमोडाइलोसिस गर्दा लाग्ने ५ हजार जुटाउन नसक्दा उनी चिन्ताले व्याकुल छिन् । ‘हेमोडाइलोसिस गरेमा यसो उठेर बस्छ,’ खर्च अभावमा यो गर्न नसक्दा रगत छादेर सिकिस्त पर्ने दुःखेसो पोख्दै उनले भनिन्, ‘आफ्नो ज्यानको भन्दा बढी छोराको माया लाग्छ, तर के गर्ने पैसा नभई केही हुँदोरहेनछ, आफ्नो भन्ने केही छैन ।’

कान्तिपुरमा प्रकाशित मिति: २०६८ चैत्र २३ (http://www.ekantipur.com/nep/2068/12/23/full-story/345531.html)

We’d like to thank Umesh Upreti for informing us about Suresh Karki and encouraging us to set up a donation fund to help Suresh.

List of donors

Please email us at [email protected] if you do not wish your name to be listed here publicly or if you donated but do not see your name listed here.

Leave a Reply