बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

बा तिम्रो सपना

तिम्रो रहर

तिम्रो इक्ष्या

मलाई ईन्जिनियर बनाउने

सब खेर गो

बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

बा तिम्ले भन्ने गरेको थियौ

पढेनस भने गधा हुन्छस

पल्ला घरे रामे जस्तो ड्राइभर हुन्छस

बा मैले पढे

अब्बल दर्जा मा पास नि गरे

तर पनि बा म ड्राइभर बने

तिम्ले भनेको मिलेन बा

बा अम्रिका उल्टा को देस रइछ

जे पनि उल्टो

खाने बस्ने गर्ने सब तरिका उल्टो

तेइ भएर बा तिम्रो गाली नि उल्टो भो

तिम्रो छोरो पढ्यो पास भो

अनी तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

बा , हाम्रा गाउ मा मान्छे पढेन भने निकम्मा हुन्छ

बेकार हुन्छ

अनी ड्राइभर हुन्छ

तर बा यहाँ उल्टो छ

ड्राइभर हुन लाई पढ्न पर्छ

इस्कुल गएर क्लास लिन पर्छ

१०० मा ७० ल्याएर पास हुन्छ पर्छ

मैले ८६ ल्याए बा

अनी तिम्रो छोरो अम्रिका को ड्राइभर भो

बा तर म चानचुने ड्राइभर हैन ,

सपना को शहर को ड्राइभर

ठुला ठुला मान्छे बोक्ने ड्राइभर

सेता गोरा खैरा बोक्ने ड्राइभर

अनी म जस्ताइ नयाँ नयाँ सपना बोकेर भित्रिने लाई

तितो एथार्थ मा उतार्ने ड्राइभर

बा तिम्रो छोरो अम्रिका को ड्राइभर

बा अम्रिका अचम्म छ

यहाँ सब गर्न पर्छ

बाँच्न अनी खान लाई

जे आउछ तेइ गर्न पर्दो राइछ

यो गर्छु त्यो गर्छु आफ्नो मन नचल्ने रइेछ

म पनि तेही बेग सँग बगे बा

जता लान्छ जिन्दकी ले तेतै दौडिए

अनी म अम्रिका को ड्राइभर भए

बा यहाँ काम सानो ठुलो छैन

कसैले कसैलाई हेप्दा नि हेप्दैन

त सानो म ठुलो भनेर चेप्दा नि चेप्दैन

काम काम हो

तर पनि बा तिम्ले भनेको

बच्चै देखी सुनेको

अनी देखेको भएर मन अमिलो भो

ड्राइभर बनेर शहर घुम्दा तिम्रो याद झल्लस आउँदा

आँखा भरी भो

बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

0 thoughts on “बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो”

  1. तिमीमुलाहरु ठुला कुरा गर्छौ, जसरी नी आफुलाइ ठुलो देखाउन पर्छ?, ल साच्चै कामलाइ सम्मान गर्छौ भने नेपालमै गएर ड्राइभिङ गर्न सक्छौ? नेपालमै प्रशस्त कमाउने गरि पाइन्छ ड्राइभिङ को जागिर। लु धेर ठूला कुरा नगर देश सबैको हो अरुलाइ दोष दिएर आफु पन्छिन मिल्छ? परिबर्तन सानैकुरा बाट पनी गर्न सकिन्छ्। फर्किएर इमान्दारि साथ काम गरेर देखाओ त कल्ले तिम्रो सम्मान गर्दैन? फेक डकुमेन्ट बनाएर अमेरिका पुगेपछि अरु सब खतम?

Leave a Reply to PrakashCancel reply

Recommended Sites