US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता

बिश्व कराते महासंघ अन्तरगत (US Natioanl Karate Do Federation )अमेरिकी राष्ट्रीय कराते महासंघको  आयोजनामा हरेक बर्ष अमेरिकाको लास भेगाश सहरमा संचालन  गरिने बिश्व स्तरको कराते प्रतियोगिता ” US Open तथा Junior International Cup 2013”  यस बर्ष पनी गत २८ मार्च देखि ३१ मार्च 2013  सम्म लास भेगाश पेरिस होटलको कन्भेन्सन हलमा लगातार ४ दिन , बिहान ७:३० देखि वेलुकी ८:०० बजे सम्म १२ वटा तातामीमा  संचालन गरि प्रतियोगिता  भब्यताका साथ सम्पन्न  भयो  l

karate 1

उक्त प्रतियोगितामा बिश्वका ४५ भन्दा बढी राष्ट्रहरुको २५०० भन्दा बढी  विश्व स्तरिय खेलाडीहरुको साथै  प्रशिक्षकहरु र World Karate Federation (WKF) , Pan American Karate Federation (PKF), European Karate Federation (EKF) र USA National Karate Do Federation (USANKF)   को रेफ्री र निर्णायकहरुको सहभागिता रहेको थियो l

यस प्रतियोगितामा अमेरिकामा स्थापित एक मात्र नेपाली कराते संस्था International Martial Arts Association NY का प्रमुख प्रशिक्षक शान्त थोकर , सहायक पशिक्षक पर्खी राई र खेलाडी समिर थोकरले नेपालको तर्फबाट सहभागिता जनाएको थियो भने न्युयोर्क निवासी खेलाडी तथा प्रशिक्षक मकेन्द्र बहादुर सिंह  र नेपाल कराते महासंघ बाट आउनुभएको १ जना खेलाडी जनक सिंह खड्का गरि जम्मा ५ जनाले विभिन्न छुट्टा छुट्टै तौल र उमेर समुहमा नेपालको तर्फबाट सहभागी भएको थियो l

जसमध्ये ३५ वर्ष माथि उमेर समूह Master Advance Division  मा शान्त थोकरले कातामा कश्य पदक , १८ देखि ३४ वर्ष ७५ KG Advance division  मा समिर थोकरले कुमिते तर्फ कश्य पदक र १८ देखि ३४ वर्ष Beginners Division मा जनक सिंह खड्काले कश्य पदक गरी जम्मा ३ कश्य पदक विजय हासिल गरी राष्ट्रको प्रतिष्ठा उचो राख्न सफल भएको छ l   प्रशिक्षक तथा खेलाडी मकेन्द्र बहादुर सिंह पहिलो खेलमा विजय गरी दोश्रो खेलमा अमेरिकाको खेलाडी संग पराजित भएका थिए भने पर्खी राई ३५ वर्ष माथि काताको Advance division मा  अमेरिकाको खेलाडी संग पराजित भएका थिए l   नेपाली टीमको प्रशिक्षकमा देबेन्द्र अमात्यले नेपाली खेलाडीहरुको सफल प्रशिक्षकको भूमिका निर्बाह गरेका थिए l

यसैगरि उक्त अवशरमा आयोजित USA National Karate Do Federation को National Referee & Judge Seminar मा  बिश्व कराते महासंघ (WKF) Referee Council र Referee , Judge हरु USA Karate Federation को Referee Council का अध्यक्ष Alex Miladi , Secretary Fariba Madani , सदस्यहरु  Katsukata Tanaka र Clev Baxter  ले Seminar संचालन गर्नु भएको थियो

उक्त सेमीनारमा ५  रेफ्री र एक जना निर्णायकले उत्कृष्ट गर्दै  एतिहांशिक सफलता प्राप्त गर्दै चार दिन सम्म रेफ्री र निर्णायकको सफल भूमिका निर्बाह  गरेका थिए,  यसरी सफल हुने रेफ्रीहरु  क्रमस सरोज भट्टराई, मकेन्द्र  बहादुर सिंह , परखी राई ,देबेन्द्र अमात्य , शान्त थोकर र  निर्णायकमा रत्न शाही रहेका थिए l

अमेरिकी र नेपाली करातेको इतिहाँसमा जूनियर अंतराष्ट्रीय प्रतियोगिताको डब्लू के एफ ब्राकेट अन्तरगत १६ र १७ बर्ष समूहका  गरिमामयी खेलका क्वाटर , सेमी र फाइनल खेलमा सरोज भट्टराईले डब्लू के एफ रेफ्री जज प्यानलमा रही उत्कृष्ठ रेफ्रीको  भूमिका निर्बाह गरि देशको मुहार हसाउन सफल रहेका थिए l

यसरी रेफ्री र निर्णायकको सफल भूमिका गर्ने  नेपालीहरुले आगामी जुलाई ११ देखि १४ तारीख सम्म साउथ केरोलिनामा यु यस ओलम्पिकको निगरानीमा आयोजनाहुने अमेरिकी राष्ट्रीय प्रतियोगितामा समेत रेफ्रीको भूमिका जिम्मेबारी निर्बाह गर्ने छन  , बिदेशी भूमिमा रही देशको प्रतिष्ठा उच्चाईमा राख्न सफल प्रशिक्षक , खेलाडी , रेफ्री र निर्णायकहरुलाइ हार्दिक हार्दिक बधाई l

Leave a Reply