अझै छ बाँकी

नझार आँशु यसरी रुन अझै छ बाँकी

पीडैपीडाले बर्वाद हुन अझै छ बाँकी

माया गरेर पाएका यी चोटहरु त के हुन

व्यथैव्यथाको आकाश छुन अझै छ बाकी

जति ढल्दै जान्छ दिन उति बढ्छ याद तिम्रो

आशाको अँधेरीमा जून अझै छ बाँकी

यो दिल दिदाँ तिमीलाई लागे धेरै आरोपहरु

यी दोषका छिटाहरु धुन अझै छ बाँकी

अंगालेर मलाई के के सहयौ के के भोग्यौ

तिर्नै नसक्ने तिम्रो गुन अझै छ बाँकी

Leave a Reply