कतारमा समस्यामा परेका नेपालीको पक्षमा ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने

whitehimal 1 - Copy

सुर्य थापा

न्युयोर्क, कामका लागि कतारमा पुगेका नेपालीहरुको अधिकारका लागि अमेरिकाबाट सञ्चालीत नेपाली टेलिभिजन ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने भएको छ । नेपाली कामदारको दर्दानक अवस्थाको बारेमा बेलायती पत्रिका गार्जियनले खोजमुलक समाचार बाहिर ल्याए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर बिषेश अभियान सुरु गर्न लागेको हो । भिडियो सहित गार्जियनले प्रकासन गरेको अनुसन्धान मुलक रिर्पाेटमा कतारमा नेपाली कामदारहरुको निकै ददार्नक अवस्था रहेको छ । सन् २०२२ मा बिश्वकप आयोजना गर्न लागेको कतारमा ४० प्रतिशत भन्दा धेरै नेपाली कामदारहरुले काम गरिरहेको भए पनि नेपाली कामदारहरुलाई भने निकै कठिन अवस्था रहेको बताएइको छ । गार्जियनका अनुसार कतारमा काम गर्ने नेपालीहरुलाई कम्पनीले तलब समयमा नदिने, बस्ने ब्यवस्था राम्रो नभएको, खाना खान नदिने, अधिकारको लागि आवाज उठाउन खोज्दा जागिरबाटै निकाला गर्ने जस्ता अमानविय ब्यबहार गरेको छ ।

अप्ठ्यारो काम र उचित खाने कुरा र बस्ने ब्यवस्था नहुंदा तीन महिनामा ४४ जना नेपालीको ज्यान गुमेको तथ्य पनि समाचारमा सार्बजिनक गरिएको छ । कतारमा रहेका नेपालीहरुको दर्दानक अवस्था बाहिर आए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरुसंग मिलेर बिभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।

टेलिभिजनका अध्यक्ष शान खड्काका अनुसार ह्वाईट हिमाल टेलिभिजनले पहिलो चरणमा वासिंगटन डिसीमा रहेको कतारको दुतावस मार्फत कतार सरकारलाई नेपाली कामदारको अधिकारका लागि ज्ञापन पत्र दिने कार्यक्रम राखेको छ । टेलिभिजनले नेपाली कामदारको हितमा बिभिन्न समाचारहरु प्रकाशन गर्नको लागि कतारमा रहेका नेपाली कामदारहरुलाई समेत समाचार तथा जानकारी पठाएर सहयोग गरिदिन आग्रह समेत गरेको छ ।

टेलिभिजनले अमेरिका लगातयत संसारभर रहेका सबै नेपालीहरुलाई कतारमा रहेका नेपाली कामदारको हितमा एकजुट हुन आब्हान समेत गरेको छ । टेलिभिजनले सुरु गरेको अभियानमा सहभागी हुनको लागि टेलिभिजनको इमेल ठेगना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply