घुएत्रो चलाउने कि राम बाण !

photo

कलम चलाउनु एक प्रतिभा हो l प्रतिभा जन्म जात आउदैन l वातावरणले पनि प्रतिभाशालि बनाउने गर्दछ l अभिभावक ,परिवार र अन्य बिभिन् कारणबाट प्रतिभा निस्कने गर्दछ l तर एक प्रकारकोप्रतिभामानिससंग निहित हुन्छ र सामान्य प्रयासले पनि अन्तर्मुखी प्रतिभा निस्कन्छ l प्रतिभा अन्तर्मुखी भयो भने काम लाग्दैन त्यो बाह्यमुखी हुनु पर्दछ किनभने बाहिरी जगतमा निस्कियो भने मात्र संसारले पत्ता पाउछन र त्यसको केहि अर्थ हुन्छ नत्र पसल भित्र सजाएर राखिएको एक प्रकारको जिनिस जस्तै हुन्छ l जति अभ्यास गर्यो त्यतिनै कलम चलाउने कला र प्रतिभा फक्रदै जान्छ l तर त्यसको लागि साधना चाहिन्छ र साधना गर्न एकाग्रता चाहिन्छ ,एकाग्रताको लागि वातावरण चाहिन्छ l सरल रुपमा कलम चलाएको देखिएता पनि कला भित्र धेरै मेहनत र परिश्रमको पसिना बहेको हुन्छ l

कलम चलाउने भनेको संचारकर्मी ,पत्रकार ,कबि ,लेखक ,साहित्यकार ,सोधकर्ता ,अनुसन्धानकर्ता,शिक्षक र अन्य कैयौ हुन्छन l आफुले त्यस्तो बन्न ठुलो त्याग र तपस्या गर्नु पर्छ र कलम चलाउने जान्ने भन्ने बितिकै जता पायो त्यतै पनि चलाउनु हुदैन किनभने त्यसले अनुकुल र प्रतिकुल दुवै नतिजा निकाल्दछ l भनिन्छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिकदैन ,यथार्थ हो पनि ,जसले पनि राम्रो कुरामा नै आखा लगाउदछन ,उदाहरण स्वरुप राम्रो कथा लेखिएको चलचित्र ,राम्रो कविता ,राम्रो लेख ,असल साहित्य विधामा चलाएको अभिब्यक्ति ,राम्रा पत्रकारले लेखेको सामग्री ,राम्रो संचार कर्मीले लिएको अन्तर्वार्ता संचारकर्मी द्वारा सोध खोज गरि पस्किएको कार्यक्रमले सबैको हृदयमा स्थान प्राप्त गर्दछ l एकै क्षणको लागि उत्तेजित र ध्यानाकर्षण गर्ने प्रकारको सन्देशले न्युनतम समुदाय सदस्य झुक्किन सक्दछन तर सत्यता र यथार्थताको जरो समात्ने बिद्ध्वत वर्गलाई २१ औ शताब्दीमा अन्धकारमा राख्न कदापी सक्दैनन l संचारकर्मीले घुयात्रो हान्नु भन्दा अचुक निसाना लाग्ने राम बाण प्रहार गर्नु पर्छ l

घुयत्रो भने चिजले ठाउमा लाग्ने भन्ने प्रत्याभूति हुदैन  l घुयत्रो भनेको पहिले पहिले प्रचलनमा रहेको एक प्रकारको हतियार जस्तो हो ,डोरीको टुप्पोमा ढुंगा राखी ,फनफनी घुमाई दुश्मन तर्फ फ्याक्ने हतियार हो l हाम्रा पुर्खाहरुले आफैले बनाएका हुन् l अहिले यो प्रचलनमा छैन तर ईतिहासको लेखा जोखा राख्नु संचार कर्मीहरुको पनि दायित्य हुन्छ l लागे लाग्छ भन्ने संचार कर्मीले सोच्नु हुदैन ,लागे पछि ढल्छ र गल्छ भन्ने उदेश्य लिनु पर्छ l यसको अर्थ सत्य ,तथ्य ,खोजि गरे पेसाको मर्यादा र विश्वास बढ्छ l

संचारकर्मीले नकारात्मक मात्र देख्ने ,असल कामलाई सतह माथि नल्याए त्यो संचारकर्मी या पत्रकार मात्र नभए पीत पत्रकार या पीत पत्रकारितामा जाने डर हुन्छ l बिधुतिय पत्रिका संचालनमा ल्याए मात्र संचारकर्मिको उत्तर दायित्व पूर्ण हुदैन त्यसको लागि धैर्य ,लगाव ,लेखनकला ,सोध र खोज आवश्यक हुन्छ  l नक्कल र टास मात्र गरे त्यो संचारकर्मी हुने या बिल्ला मात्र झुन्ड्याउने संचारकर्मी कहलिन्छ l

कलम तरवार भन्दा पनि शक्तिशाली तथा धारिलो हुनाले संचारकर्मीले कलमको सहारा लिनु पर्छ र दत्तचित्त भै कलम चलाए दिर्घ जीवि हुने अवश्य हुन्छ l  सत्य र तथ्यको जानकारी नलिई संचार कर्मीले घुयत्रो चलाए आफै भासिने र अस्त्तिव गुमाउने हुन्छ l राष्ट्रको चौथो अंग तथा सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने पत्रकारिता क्षेत्रमा लाग्ने संचारकर्मीले यो पेसाको गरिमा वृद्धि गर्न आफैले राम बाण प्रहार गर्न सके पेसाको प्रतिष्ठा र महत्व अवश्य बढ्ने छ l

………………………………. अस्तु

विजय

 

Leave a Reply

Recommended Sites