चलचित्र ठुली तीजमा नेपाल र अमेरिकामा भाद्र २२ गते प्रदर्शन गरिने

thuli 1

विजय थापा

साउन ६ ,भर्जिनिया

नेपाली कथानक चलचित्र ठुली नेपाल अधिराज्य भर हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आउदो भाद्र ६ गते प्रदर्शन हुने भएको छ l र अमेरिकामा नेपाल पछि भाद्र २२ गते प्रदर्शन गरिने भएको छ l हाल सालै चलचित्र ‘ठुली’को ट्रेलर (झलक) सार्वजनिक गरिएको छ । चलचित्र “ठुली”एउटा सम्भावना बोकेको चलचित्रको रुपमा हेर्न थालिएको छ ।निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गर्नु भएको चलचित्र “ठुली”को गीत संगीतले बजारमा दर्शक तथा स्रोताको मन जित्न सफल भईसकेको छ ।

सत्य घटनामा आधारित महिलाहरुको बिषय वस्तुलाई केन्द्र बनाई निर्माण गरिएको चलचित्रमा बोक्सी तथा तीज सम्बन्धि कथावस्तु राखिएको छ भन्दै अमेरिकामा रहेका कलाकार तथा चलचित्रका निर्माता पुस्कर पन्त बताउछन l पुस्कर पन्त भन्छन नेपाल पछि सबै भन्दा पहिला अमेरिकामा सेप्टम्बर ७ तारिखको दिन डिसी महानगर क्षेत्रमा देखाईने बताउछन l

ठुली अहिलेको चर्चित तथा सार्क फिल्म उत्सब २०१४ पुरस्कार बिजेता अभिनेत्री गरिमा पन्त र जीवन लुइटेल जोडदार अभिनय रहेको चलचित्रको सार्वजनिक भएको छोटो श्रब्य दृश्यको झलकले दर्शकको मन जित्न सफल भएको छ भनि पुस्कर पन्त बताउछन l निर्देशक एभरेस्ट सुर्य बोहोरा पनि चलचित्र सफल हुन्छ भन्नेमा पूर्ण बिश्वस्त रहेका छन् । एभरेष्ट कला यात्रा चलचित्रको झन्डामा पुस्कर पन्तले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन ।

चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।शेर बहादुर लामाले छायांकन गरेको चलचित्रमा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ । चलचित्रमा काठमाडौँ चितवन लगायतका विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

c

Leave a Reply