नेपाल-अमेरिका सुन्दरी प्रतियोगिता २०१२ डिसीमा हुने औपचारिक घोषणा

मार्च ३ तारिख, शनिबार, एक समारोह बीच टाउसन, म्यारील्याण्डमा दोश्रो नेपाल-अमेरिका सुन्दरी २०१२ प्रतियोगिताको औपचारिक घोषणा गरियो। उक्त औपचारिक कार्यक्रममा समाजका बिभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धि जीविवर्ग तथा संचार कर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा यसको उदेश्य तथा अन्य जानकारी यस कार्यक्रका संस्थापक अमित शाहले जानकारी गराइनु हुदै यहि आउदो अगस्त ११, २०१२ मा वाशिंगटन डिसीमा हुने जानकारी दिनु भएको थियोl

पुर्व नेपाल अमेरिका सुन्दरी, सुजिता बस्नेत, प्रथम र द्वितीय उपविजेताहरु क्रमस तिलस्मी बिष्ट तथा नविना बस्नेतले मन्त्यब्य व्यक्त गर्दै आफुहरुमा आत्म विश्वास बढेको र समुदायमा प्रति गर्नु पर्ने जिम्मेबारको महसुस भएको भन्दै आम दाजुभाई दिदि बहिनीहरुलाई सहभागी गर्न उत्प्रेरणा गर्न र सहभागीको लागि अनुरोध गर्नु भएको थियो।

आगामी अगस्त ११, २०१२ मा वाशिंगटन डिसीमा हुने उक्त नेपाल नेपाल यु एस सुन्दरी प्रतियोगिता को लागि समितिको घोषणा गरिएको थियो, उक्त समुहमा शरद बिक्रम सिंह, भारत बराईली, प्रशान्त राज भण्डारी लगायत शशक्त क्रियाशील युवा युवतीहरुको सहितको आयोजक समिति निर्माण गरिएको जानकारी गराईएको थियो।

बिगत बर्षमा संचार कर्मीहरुले प्रचार र प्रसारमा सहयोग गर्नु हुने केहि संचार कर्मी तथा आयोजक समितिका पदाधिकारीहरुलाई प्रशंसा पत्र म्यारील्याण्ड तथा पेनसिल्भंनियाका लागि बाणिज्य दुत प्रेम राजा महतले वितरण गर्नु भएको थियो। आयोजक समितिको तर्फबाट सबैलाई धन्यबाद दिदै कार्यक्रमको अन्त्य गरिएको थियो।

तस्बिर / लेखक – विजय थापा

Leave a Reply

Recommended Sites