३२ औ ए एन ए सम्मेलन -२०१४​ ​डिसी क्षेत्रमा हुने

ana-main-logo
बिजय थापा 
 
भर्जिनिया ,दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए )को ३२ औ बार्षिक सम्मेलन अमेरिकाको डिसी महानगर क्षेत्रमा हुने निश्चित भएको छ l ३१ औ बसन्त पार गरेको ए एन ए को ३१ औ सम्मेलन गत जुलाई ४-६ तारिख सम्म न्यु योर्कमा सफलता पुर्वक सम्पन्न भएको थियो l 
 
पछिल्लो दसक देखि न्युयोर्क र डिसीमा नेपाली समुदायको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भएको देखिएकोले सम्मेलनमा अत्यधिक सहभागिता गराउने र अपार सफलता बनाउने ठोस उदेश्य अनुरुप ३२ औ ए एन ए सम्मेलन -२०१४ डिसी मेट्रो (महानगर )क्षेत्रलाई छनौट गरिएको हो l२९ औ ए एन ए सम्मेलन डिसी महानगर क्षेत्रको भर्जिनियामा सम्पन्न भएको थियो भने यहि सम्मेलनले दस हजार मुनाफा कमाई ए एन ए को ईतिहासको पानामा सर्वप्रथम खाता खोलेको थियो l २९ औ ए एन ए सम्मेलन अगाडीका कुनै पनि सम्मेलनका हिसाब किताब सार्वजनिक गरिएको थिएन l
 
२९ औ ए एन ए सम्मेलनका प्रमुख संयोजक हेमन्त श्रेष्ठ रहेका थिए भने उनको कुसल नेतृत्व तथा समुह संयोजनको कौसलताको कारण सम्मेलन सफल बन्न सकेको थियो l ए एन ए कार्यकारी समितिको हालै दुई पटक बसेको बैठकले पुन: हेमन्त श्रेष्ठकै संयोजकतत्वमा ३२ औ ए एन ए सम्मेलन डिसी महानगर क्षेत्रमा हुने निधो गरेको छ l३२ औ ए एन ए आयोजक समितिको निर्माण र सम्मेलन हुने ठाउँको जानकारी सार्वजनिक रुपमा छिट्टै दिने हेमन्त श्रेष्ठले जानकारी गराए भने यसको लागि स्थान र अरु काममा लागी सकेको जानकारी दिएका छन l
 ​

२९ औ ए एन ए सम्मेलनमा बिभिन्न बाधा तथा अड्चन रहेको अवस्थामा पनि आयोजक समितिको ऐक्यबद्दता र दृढ संकल्पको कारण अन्तत्वगत्वा सम्मेलन उदाहारणीय बन्न पुगेको थियो l ३२ औ ए एन ए सम्मेलनको लागि न्यु जर्सी ,कोलोराडो तथा अन्य राज्यहरुले पनि अभिरुचि देखाएता पनि कार्यकारी समितिको निर्णय अनुसार डिसी महानगर क्षेत्रमा आयोजना गरिने भएको छ l

 

Leave a Reply