महिलाका लागी मात्र बस सेवा सञ्चालनमा आयो (भिडियोसहित)

बागमती यातायात व्यावसायी संघले महिलाका लागि मात्रै बस सेवा सञ्चालनमा ल्याएको छ । बिहान र बेलुका कार्यालय समयका लागि मात्रै ४ वटा बस सञ्चालन गरिएको हो । कंलकीबाट त्रिपुरेश्वर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको बालकोटसम्म यी बस सञ्चालन गरिने छ ।

सार्वजनिक यातायातमा महिलाहरुमाथि दुब्र्यवहार बढेकाले भीडभाड बढी हुने समयका लागि महिलाका लागि मात्रै बस सेवा संचालन गरिएको बागमती यातायात व्यावसायी संघका अध्ययक्ष भरत नेपालले बताए ।

Leave a Reply