राजधानीमा अब ‘हाइ-टेक’ बस, यस्ता छन् सुविधा (भिडियो)

आइतबार काठमाडौं महानगर यातायातले राजधानीको बनस्थलीमा बिषेश कार्यक्रम गरी अत्याधुनिक प्रविधिसहित हाइटेक प्रविधि जडित मेट्रो सेवाको सुरुवात गरेको छ । यात्रुलाई निवासबाटै बसको दुरीको जानकारी दिने रोड म्याप, यात्रुको संख्याबारे जानकारी दिने लोकेसन ट्रयाकिङ सहितको यातायात नामक मोबाइल एप, स्वचालित ढोका तथा फ्रि वाइ फाइ जडित महानगर यातायातमा एलइडी टेलिभिजन र सीसीटिभि क्यामेरा समेत जडान गरिएको छ ।

बसमा राखिएको डिस्प्ले स्क्रिन र आवाजबाटै यात्रुले सुनिने गरी प्रत्येक स्टेसनमा पुगेको जानकारी दिने साउन्ड सिस्टम समेत बसमा जडान गरिएको छ । २१ जनाको संयुक्त लगानी रहेको महानगरको एउटा बसको लागत ३८ लाख ९० हजार तथा यसमा जडान भएका प्राबिधिक उपकरण १ लाख ५० हजार गरी करिव ४२ लाख रुपैयाँ हुने महानगर यातायातले जनाएको छ ।

Leave a Reply