मार्यो धुलोले: मापदण्डभन्दा ५ गुणा बढी वायु प्रदूषण

एक वर्षका ३ सय ६५ दिनमध्ये काठमाडौंमा कति दिन स्वच्छ वायु बहन्छ ? नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सोमबार गरेको वायु प्रदूषणसम्बन्धी कार्यक्रममा विशेषज्ञले देखाएको तथ्यांकले जिब्रो टोक्नुपर्ने स्थिति बनाएको छ ।

‘३ सय ६५ मा २ सय १० दिन त काठमाडौंमा पार्टिकुलर म्याटर (पीएम १०) को मात्रा मापदण्डभन्दा कैयौं गुणा बढी देखिन्छ,’ वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका स्वास्थ्य अनुसन्धान परिषद्का डा. खेमबहादुर कार्कीले भने, ‘रौंभन्दा कैयौं साना पीएम २.५ को मात्रा २ सय ७ दिन मापदण्डभन्दा माथि छ ।’

Leave a Reply

Recommended Sites