Tag Archives: BBC Sajha Sawal

Sajha Sawal Episode 345: Who can Improve School Education?

सरकारी विद्यालयबाट दुई तिहाईभन्दा बढी विद्यार्थी एसएलसी परीक्षामा अनुत्तीर्ण हुनुमा दोषी को? सरकारी विद्यालयको शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिएला भन्ने बारे साझा सवालको बहस।

Sajha Sawal Episode 343: Environmental Pollution and Public Health

वातावरणीय प्रदुषणले हाम्रो स्वास्थ्यमा पारेको असरबारे सरकारी अधिकारी, विज्ञ तथा काठमाडौं र रौतहटमा बस्ने सहभागीहरुसँग साझा सवाल को बहस – Sajha Sawal Episode 343: Environmental Pollution and Public Health

Sajha Sawal Episode 334: Drinking Water Supply

पहाडका कति गाउँ खानेपानी अभावले उजाड भएका छन् । भएकै ठाउँमा पनि खानेपानी पिउनयोग्य नहुँदा वर्सेनी सयौं मानिस झाडापखालाको शिकार बन्छन् । राजधानीमै पनि खानेपानीका लागि रातभर जाग्राम बस्नेहरु छन् । तराईमा भएको पानीमा पनि हानिकारक रसायन आर्सेनिक मिसिएर समस्या हुन्छ । कसरी हुन्छ स्वच्छ र गुणस्तरीय खानेपानीको पर्याप्त आपुर्ति? विजुली अभावका बारेमा शहरमा जति … Continue reading Sajha Sawal Episode 334: Drinking Water Supply

Sajha Sawal Episode 332: Public Security and Nepal Police

देशमा शान्तिसुरक्षा कायम गर्ने जिम्मा लिएर बसेको नेपाल प्रहरीको नेतृत्व उपेन्द्रकान्त अर्यालले सम्हालेको चार महिना भयो । यो चार महिनामा शान्ति सुरक्षाका हिसावले सर्वसाधारणले के फरक महशुस गरेका छन् त? अनि, आजका सहभागी प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई के सोध्न चाहन्छन् त? देशको सार्वजनिक शान्ति सुरक्षा र नेपाल प्रहरीको विषयमा साझा सवालको यो बहसमा नेपाल प्रहरीका … Continue reading Sajha Sawal Episode 332: Public Security and Nepal Police

Sajha Sawal Episode 330: Being a Woman in Nepal

नेपालमा महिला हुनु अवसर हो कि चुनौति? छोरी भएर जन्मनु संभावना कि संकुचन? अन्तराष्ट्रिय महिला दिवसको आसपासमा आज हामी नेपाली महिलाहरुको समसामयिक सवालका बारेमा बहस गर्दैछौं । बहसमा हामीसँग संविधानसभाको उपाध्यक्ष तथा एमाओवादी नेता ओनसरी घर्ती, एमाले नेता एवं उर्जा मन्त्री राधा ज्ञवाली र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा प्राध्यापन गर्ने युवराज लुईंटेल हुनुहुन्छ ।

Sajha Sawal Episode 329: Mid Hill Highway

पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म फैलिएको मध्यपहाडी लोकमार्गमा पर्ने गरी सरकारले विकास गर्न लागेको १० वटा नमूना सहरमध्ये हामी यो साता तेह्रथुम जिल्लाको बसन्तपुरमा पुगेका छौं । खरबौं लगानी गरेर विकास गरिने मध्यपहाडी सडक र त्यो सडकमै पर्ने गरी बन्न लागेको नमूना सहरले सुविधा खोज्दै तराईतिर बसाइँ सर्ने क्रमलाई रोक्ने नीति निर्माताहरुको भनाइ छ । के … Continue reading Sajha Sawal Episode 329: Mid Hill Highway

Sajha Sawal Episode 328: Agriculture in Eastern Nepal

कृषि उत्पादनको सम्भावनाबारे बहस गर्न हामी धनकुटा आइपुगेका छौं । धनकुटाले गत वर्ष डेढ अर्ब रूपैंया भन्दा बढीको तरकारी र केही कृषिजन्य उत्पादन नेपालका अन्य जिल्ला र भारतमा समेत निर्यात गर्यो । नेपालका कति शहर र जिल्ला कतिपय अवस्थामा भारतबाट आयात गरिएको तरकारी खपत गर्छन् । तर धनकुटा भारतलाई नै तरकारी बेच्छ । धनकुटालगायत पुर्वाञ्चलका … Continue reading Sajha Sawal Episode 328: Agriculture in Eastern Nepal

Sajha Sawal Episode 327: Local Election

जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिजस्ता स्थानीय निकाय जनप्रतिनिधीविहिन भएको ११ वर्ष भइसक्यो । तत्कालीन राजा ज्ञानेन्द्रले गरेको निर्वाचनलाई छोड्ने हो भने देशमा २०५४ सालमा अन्तिम पल्ट स्थानीय निकायको निर्वाचन भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले पदमा विजयी हुनासाथ ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनी घोषणा गरे । त्यसो त, संविधानसभा निर्वाचनको बेला … Continue reading Sajha Sawal Episode 327: Local Election

Sajha Sawal Episode 326: Caste Based Discrimination

नेपालको संविधान र ऐनकानून अनुसार कथित तल्लो जात भनेर छुवाछुत गर्न पाइन्न । त्यसो गरेमा तीन वर्षसम्म कैद र २५ हजार रुपैंया जरिवाना हुन सक्ने कानून छ । जातीय भेदभाव कम गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं खर्च हुन्छ । त्यस्तो भेदभाव गर्न पाइन्न भनेर संविधानमा लेखिएको छ । ऐनकानून बनेका छन् । के गर्यो … Continue reading Sajha Sawal Episode 326: Caste Based Discrimination

Sajha Sawal Episode 325: Voters Question to Law Makers

दोस्रो संविधानसभाको निर्वाचन भएको करीव साढे दुई महिना वित्यो तर संविधानसभाले खास काम गर्न थालेको छैन । मुख्य राजनीतिक दलहरुले निर्वाचनको बेला एक वर्षभित्र नयाँ संविधान दिने बाचा गरेका थिए । के राजनीतिक दलहरुले बाचा पुरा गर्न सक्लान् त? यो साझा सवालमा हामीले निर्वाचित सभासदप्रति मतदाताको के प्रश्न छ भनी छलफल गरेका छौं । सहभागीहरुको … Continue reading Sajha Sawal Episode 325: Voters Question to Law Makers

Sajha Sawal Episode 324: Irregularities in Medical Education

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मेडिकल अध्ययन संस्थानको शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनसनसँगै मेडिकल शिक्षाको बेथिति चर्चा चुलिएको छ । चिकित्साशास्त्र पढाउने मेडिकल कलेजहरुले सम्वन्धन लिदाँ करोडौं रकम चलखेल हुने भन्दै डाक्टरहरु दुई सातासम्म आन्दोलनमा उत्रिए । देशभरका डाक्टरहरु आन्दोलनमै उत्रिनुपर्ने गरी मेडिकल शिक्षामा के कस्तो खालको अनियमितता भइरहेको छ? मेडिकल कलेजहरुको सम्वन्धनमा हुने अनियमितताको … Continue reading Sajha Sawal Episode 324: Irregularities in Medical Education

Sajha Sawal Episode 322: Which Seed is Appropriate for Nepal?

जीएमओ अर्थात् अनुवंश परिवर्तन गरिएका बीउ नेपालमा भित्र्याउने वा नभित्र्याउने बहस नेपालमा पछिल्लो केही साता राम्रैसँग भयो । बीउका जानकारहरु नेपालमा रोपिने बीउ मात्रै गुणस्तरीय हुने हो भने नेपालको अहिलेको कृषि उत्पादन २५ प्रतिशतसम्म बढ्ने बताउँछन् । नेपालको दिगो कृषिका लागि कस्तो बीउ उत्तम हो त? बढ्दो जनसंख्याको मागलाई धान्न नेपालले एकातिर कृषि उत्पादन बढाउनुपर्ने … Continue reading Sajha Sawal Episode 322: Which Seed is Appropriate for Nepal?

Sajha Sawal Episode 320: Far West’s Expectation from Constituent Assembly

सुदुरपश्चिम ‘अखण्ड सुदुरपश्चिम’ र संघीय सुदुरपश्चिमको मागका बीचमा बेला बेलामा चर्चामा आइरहन्छ । केही समय अगाडि ‘अखण्ड सुदुरपश्चिम’ को माग गर्दे यहाँ आन्दोलन पनि भएको थियो । यता, सरकारले गठन गरेको सुदुरपश्चिम विकास आयोग भने सुन्दर सुदुरपश्चिमलाई अझै समृद्ध सुदुरपश्चिम बनाउने सपना बोकिरहेको छ । नयाँ संविधानसभासँग सुदुरपश्चिमबासीहरुको अपेक्षा के छ त? डोटी जिल्लाको सदरमुकामको … Continue reading Sajha Sawal Episode 320: Far West’s Expectation from Constituent Assembly

Sajha Sawal Episode 319: Access to Health Services in Far West

यो साझा सवाल हामीले अछाम सदरमुकाम मंगलसेनमा तयार गरेका छौं । अछाम नेपालमा सबैभन्दा धेरै एचआईभी संक्रमितहरु रहेको जिल्ला हो । भौगोलिक विकटता, पर्याप्त अस्पताल, डाक्टर र औषधी नहुँदा स्वास्थ्यका हिसावले अछाम मात्र होइन सुदूरपश्चिमका पहाडी जिल्लाहरु निकै पछाडि परेका छन् । सुदूरपश्चिममा कसरी स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पु¥याउन सकिएला त? स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँचको … Continue reading Sajha Sawal Episode 319: Access to Health Services in Far West

Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers

अन्तरिम संविधान, कानून र अदालती फैसलाअनुसार नेपालमा कसैले पनि बँधुवा मजदूर राख्न पाउँदैनन् । तर, पूर्वको हरूवा चरूवा हुन् वा पश्चिमका कमैवा वा हलिया, पर्याप्त पूर्व तयारी र विकल्पविना मुक्त घोषणा गरिएका यी पूर्व बँधुवा मजदूरहरूको अवस्था अहिले कस्तो छ त? के देशमा अझै पनि बँधुवा मजदूरहरू छन्? मुक्त कमैया, हलिया, हरूवा र चरूवाको अहिलेको … Continue reading Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers

Sajha Sawal Episode 317: Dispute on President & Constitution Writing

संविधानसभाको दोस्रो निर्वाचनपछि ठूला बनेर आएका दुई राजनीतिक दलहरू — नेपाली कांग्रेस र एमाले, अहिलेकै राष्ट्रपति राख्ने कि नयाँ चुन्ने भन्नेमा विवादित देखिएका छन् । नयाँ संविधानसभाको गठन नहुँदै प्रमुख दुई राजनीतिक दलबीचको विवादले संविधान लेखनमा असर गर्ने सर्वसाधारणको चिन्ता छ । प्रमुख राजनीतिक दलहरूले एक वर्षभित्रै संविधान लेखनको काम पूरा गर्ने भनी चुनावी घोषणापत्रमा … Continue reading Sajha Sawal Episode 317: Dispute on President & Constitution Writing

Sajha Sawal Episode 316: How Parties Ensure Inclusive Constituent Assembly?

“जनताबाट निर्वाचितहरुले संविधान लेखुन् भनेर संविधानसभाको निर्माण भयो भने धेरै जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व होस् भन्दा संविधानसभा ६०१ सदस्यीय हुन पुग्यो । तर पनि विगतको तुलनामा नयाँ संविधानसभामा विभिन्न जाति र क्षेत्रको प्रतिनिधित्व कम हुने मात्र हैन महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुग्ने स्पष्ट संकेत देखिएको छ । संविधानसभामा समानुपातिक सभासद्हरुको नामावली सिफारिस गर्ने प्रमुख … Continue reading Sajha Sawal Episode 316: How Parties Ensure Inclusive Constituent Assembly?