Tag Archives: Bijay Thapa

कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने

हाम्रा पुर्खा र अग्रजहरुले देखाएको सुमार्ग ,आदर्श बलिदानका गाथाहरुलाई शिरोधार्य गर्न नसके स्व मदन भण्डारीले राजालाई चुनौती दिदै श्रीपेज खोलि आए आफु चुनाब लड्ने र जनताको बलले हराउने छौ भनि भने जस्तै कुर्सिको मोहलाई बलिदान दिन नसके यो सामुन्द्रिक आंधीले ठुलो तहस नहस अवश्य गर्ने छ ।कुर्सिको मोह र सत्ता कब्जा गर्ने नियति र कूबिचार कुनै पनि स्वाभिमानी नेपालीमा नउब्जियोस । यसले कसैको भलाई गर्दैन र यो पाठ हामी सबैले सिक्नु पर्ने हुन्छ ।

ए एन ए द्वारा नेपालमा अन्तरक्रियात्मक कृषि कार्यक्रमको आयोजना

सुनसरी ,यहि मंगसिर २२ गते ,शुक्रबार ,२०६९ तदनुसार डिसेम्बर ७ तारिखका दिन ए एन ए -नेपालले बोकेर हिडेको पवित्र उदेश्य अनुसार लक्षित गाउँ सुनसरी जिल्ला ,पन्चकन्या गा बि स मा एक दिवशीय अन्तरक्रियात्मक कृषि कार्यशाला कार्यक्रमको आयोजना गरेको छ ।

म्याद माग्ने र भाका नघाउने संस्कारको विकास बन्द गर!

भनिन्छ एकतामा बल हुन्छ र अनेकतामा खल हुन्छ ,एकतामा बिकाश हुन्छ र अनेकतामा बिनाश हुन्छ । नेपाल आमा अहिले यहि खिचलोमा परि चैनको निन्द्रामा सुत्न सकेकी छैनन ।

भाषा पतन भए हाम्रो पहिचान मासिने

भानु भक्त ,मोतीराम र पृथ्वी नारायण शाहले नेपाली भाषा प्रति देखाएको श्रद्धा ,चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नु पर्दछ । हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो । सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ र हाम्रो पहिचान कालजयी हुनेछ ।

अमेरिकामा गाजा वैधानिक र गजडी दंग

अमेरिकाको राष्ट्रपतिको चुनाव संगै अमेरिकी जनताले गाजालाई पनि बैधानिक मान्यता दिलाई छाडे । नेपालका भूतपूर्व गजडी तथा वर्तमान गजडी यो निर्णयबाट प्रफुल्लित छन् ।

हाम्रो धर्म-भाषा संरक्षण

नालापानी र सिन्धुलीकोयुद्धमा अंग्रेजलाई हराउने हैशियत राख्ने हामी बिर गोर्खाली हौ । नेपाली भाषाकोसर्वप्रथम अध्ययन रोमबाट अर्थात् बिदेशी माटोमा भएको थियो भने नेपाली भाषाको पहिलो व्याकरण प्रा जेए एटनले गरेका थिए । यस्तो ईतिहास बोकेको हाम्रो राष्ट्र ररास्ट्रिय भाषालाई हामी सबै मिलेर सम्बर्धन र संरक्षणगरेमा हाम्रा पिढीले हाम्रो त्याग र बलिदानलाई कहिले बिर्सने छैनन् । – विजय थापा

भाषाले देश प्रेम जागृत गराउछ

जुनसुकै देशमा बसोबास गरे पनि त्यही देशको राष्ट्र भाषा अनिवार्य हुन्छ त्यसको साथै हाम्रो भाषालाई पनि उतिकै उच्च मान्यता दिन सके हाम्रो भाषाको कहिले बिनास र बिलय हुदैन । – विजय थापा, हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका

ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार ?

अब त नेपाली जनताको कान नै पाकी सकेको छ । कानको जाली नै फुट्ने अवस्थामा होला भन्ने विश्वास लिएको छु किनभने ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार र भ्रष्टचारी कहिले सम्म सुन्ने ?

भ्रष्टाचारी – कालो भाले श्यालको फन्दामा !

हामी बुद्धका सन्तान बिश्व शान्तिमा विश्वास राख्ने हामी नेपालीहरु जहाँ गए पनि हामी सबैसंग नेपालीपन र नेपालीमन भएको हुनाले शान्तिको बिउ छर्ने कार्यमा व्यस्त भएमा हामी सबैको भलो हुनेछ । भाले जस्तै अहंकार गरेमा श्यालको फन्दामा कुनै न कुनै दिन परिने छ किनभने कुमालेको चक्र घुमी फिरी आउने छ । विजय थापा, हाल भर्जिनिया ,सयुक्त राज्य अमेरिका

प्राण त्याग्न सरल तर भाषा त्याग्न कठिन!

भाषा हरेक राष्ट्रका मानिसलाई आफ्नो देह भन्दा पनि प्यारो लाग्न सक्दछ । नेपाली रास्ट्रिय भाषा -हाम्रो पहिचान र राष्ट्रको गौरब हो । भावनात्मक रुपमा हाम्रो साईनो गासिएको हुन्छ । भाषालाई स्वदेश होस् या विदेश जहाँ गए पनि सबैले उतिकै प्रेम, सद्भाव र श्रदासाथ अङ्गीकार गर्नु पर्छ । – विजय थापा, हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका

खाट्टी देशभक्ति र एक समर्पित समाजसेवी – डा उपेन्द्र महतो !

सयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको डालासमा आयोजना गरिएको ३० औ ए एन ए सम्मेलनमा सात समुन्द्रपारीबाट सहभागी हुन् पाल्नु भएका गैर आवासीय सघ( एन आर एन )का संस्थापक तथा संरक्षक डा उपेन्द्र महतोले सम्मेलनमा देखाउनु भएको अद्भूत राष्ट्र प्रेम र अद्वितीय मातृभूमि प्रतिको सद्भाव बिचार अभिव्यक्तिले यो पंक्तिकार कलम चलाउने निश्चय गर्दै केहि शब्द कोर्न चाहन्छ । विजय थापा, हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका

अध्यारोमा तीर – पत्रकारिताको धर्म वा अधर्म

अध्यारोमा तीर -पत्रकारिताको धर्म वा अधर्म भन्ने बिषयले मेरो मस्तिष्कलाई रन्थन्याई दिएको छ र दिउसै तोरीको फूल देखाई दिएको छ । यो पंक्तिकार कहिलेकाही कलम चलाउने र एक सम्बाददाताको भूमिका निर्वाह गरि बिश्व भरि समाचार बनाई पठाउने र पठाईएका समाचारहरु अधिकाश बिधुतिय संजाल(वेब पत्रिका)हरुमा प्रकाशित हुने गरेको भन्नु पर्दा म गौरब गर्दछु र समस्त सम्पादक … Continue reading अध्यारोमा तीर – पत्रकारिताको धर्म वा अधर्म

भाषा नरहे – अस्तित्व समाप्त

भाषा, नेपाली भाषा अनि राष्ट्र भाषा !अब सूचना जस्तै भाषालाई निरन्तर रुपमा संचार माध्यममा प्रकाशित र पुर्याउन सकेन भने ठुलो अनिस्ठ हुने निश्चित छ, नेपाली भाषा ठुलो संकटमा पर्ने, कतै सुनामी आई भद्रगोल त पार्दैन भन्ने यो पंक्तिकारलाई बारम्बार घोची रहन्छ ।

मेरोदेशटिभी डटकम को औपचारिक उदघाटन

बाल्टिमोर ,अप्रिल २२ ,२०१२ का दिन भिन्न प्रकारको कार्यक्रम पस्कने र ल्याउने उदेश्य बोकेको मेरोदेशटिभी डटकमको औपचारिक उदघाटन एक भब्य समारोहका बीच सम्पन्न भयो ।

प्रवासमा – बिशुद्द नेपाली

नेपालीमूलका नेपालीहरु तथा भाबी युवा पिढीहरुले नेपाली भाषा र शब्दहरुको ज्ञान संकलन गर्न सकुन भन्ने बिशुद्द उदेश्य अनुरुप यो अभियान थालिएको हो ।

२०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुद्वारा स्वर्ण, रजत र कास्य पदक हासिल

भर्जिनिया, मार्च १७ तारिख,शनिबार,साउथ लेक्स हाई स्कूल,रेस्टन भर्जिनियामा एक दिवसीय २०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगिता भब्य समारोहका बीच सम्पन्न गरियो ।

बिशुद्द नेपाली भाषिक अभियान

वर्तमान अवस्थामा बिशुद्द नेपाली भाषा बोल्न सम्भव छ वा छैन? त्यो पनि परदेशमा भन्ने प्रश्न उब्झी रहन्छ । नेपाली भाषाको प्रवर्धन र सम्बर्धन गर्न यो अभियानले केहि हद सम्म सहयोग हुन्छ भन्ने हाम्रो अभिप्राय र मनसाय मात्र हो ।

नेपाल-अमेरिका सुन्दरी प्रतियोगिता २०१२ डिसीमा हुने औपचारिक घोषणा

मार्च ३ तारिख, शनिबार, एक समारोह बीच टाउसन, म्यारील्याण्डमा दोश्रो नेपाल-अमेरिका सुन्दरी २०१२ प्रतियोगिताको औपचारिक घोषणा गरियो।