All posts by Bijay Thapa

कपिल शर्मा तथा कुमार सानुको कार्यक्रम रद्धले नेपालीलाई दिएको संदेश

हालसालै भारतका ख्याती प्राप्त हास्य कलाकार कपिल शर्माको प्रस्तुती रहने भनिएको एनसेल पर्पल फेष्ट कार्यक्रम रद्ध भए पछि बिश्वभर नेपाली समुदायमा नराम्रो संदेश पुगेको छ l

अमेरिकामा नेपाली बिच महाभारत

      बिशेष समाचार पौष ८ ,वाशिंगटन डिसी विजय थापा अमेरिकाको दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए ) को निर्वाचन दुई पक्ष बीच सदस्यताको बिषयमा चरम विवाद भए पछि अन्तिम कार्यकारी समितिले आज बिहान पौष ८ गते म्यारिल्याण्ड अदालतमा पौष ९ गते हुने भनिएको चुनाब बन्द गर्न आकस्मिक प्रारम्भिक निषेधाज्ञा तथा ज्ञापन पत्र … Continue reading अमेरिकामा नेपाली बिच महाभारत

तुच्छ समाज सेवी बन्न हुन्न

जो पनि समाज सेवी बन्न चाहन्छन l समाज सेवी बन्न कल्पना गरेको भन्दा फरक हुन्छ l र ,हिजो आज समाज सेवीहरुलाई सस्तो भाउ लगाईन्छ l सस्तो या तुच्छ समाज सेवी बन्न चाहनु हुन्छ ? यो यहाहरु कै हातमा छ l समाज सेवी समुदायले बनाई दिन्छ l सम्बोधन गरि दिदा समाज सेवा गर्ने व्यक्तिले नाक फुलाउनु … Continue reading तुच्छ समाज सेवी बन्न हुन्न

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा गैह्रे

दोहा, ५ पुस । प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा रामहरि गैह्रे अध्यक्ष चयन हुनुभएको छ । मञ्चको शुक्रबार दोहामा भएको चौंथो अधिवेशनले गैह्रेलाई अध्यक्षमा चयन गरेको हो । कतारको विभिन्न सामाजिक संघसंस्थाको समेत कुशल नेतृत्व गरेका ग्रैह्रे प्रवासी नेपाली मञ्चको स्थापनाकालदेखि नै कतारमा सक्रिय हुनुहुन्छ । निवर्तमान उपाध्यक्ष चानक पोखरेलले सर्वम्मतिका लागि गैह्रेलाई समर्थन गर्नुभएको … Continue reading प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा गैह्रे

अमेरिकामा वरिष्ठ पत्रकार हरिहर बिरहीले भने : नेपाल वृद्धाश्रम मुलुक मात्र हुने हो कि ?

मंगसिर २२ ,डिसी विजय थापा अमेरिकाको भ्रमणमा रहनु भएका वरिष्ठ पत्रकार हरिहर बिरहीले नेपाल अमेरिका पत्रकार संघले डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरेको एक भेटघाट कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अधिकांश बुद्धिजीवि तथा सबै पेसाका व्यक्तिहरु विदेश जाने क्रम बढ्दै गएकोले कालान्तरमा नेपाल एउटा वृद्धाश्रम मुलुक मात्र हुने हो कि भन्ने आफुलाई लागेको बताउनु भयो l … Continue reading अमेरिकामा वरिष्ठ पत्रकार हरिहर बिरहीले भने : नेपाल वृद्धाश्रम मुलुक मात्र हुने हो कि ?

अमेरिकाको बोस्टनमा नेपाली समुदायलाई निशुल्क दन्त्य उपचार सेवा

मंगसिर २२ ,डिसी विजय थापा अमेरिकाको बिभिन्न शहरहरु मध्ये नेपाली समुदायको बाक्लो जन घनत्व भएको बोस्टनका नेपाली समुदायलाई नेपाली महिला बिश्व संजाल ( नेपाली वुमन ग्लोबल नेटवर्क ) को पहलमा डिसेम्बर ६ तारिख निशुल्क दन्त्य स्वास्थ्य शिबिर सेवा सफलता पुर्वक सम्पन्न गरेको छ l उक्त दन्त्य उपचार स्वास्थ्य शिबिर कार्यक्रममा डा गंगा सुबेदी पहाडी तथा … Continue reading अमेरिकाको बोस्टनमा नेपाली समुदायलाई निशुल्क दन्त्य उपचार सेवा

प्वाखे मुङ्ग्रो र मुङ्ग्रो डन्डी नेपाली शब्दकोषमा भेटिएला त ?

  नेपालीहरुले सम्भवत कहिले नसुनेको शब्द खोज गर्दै जादा शब्दकोशमा प्वाखे मुङ्ग्रो फेला पर्यो l र ,यसमा ध्यान गयो l आफुले दुई दशक अगाडी देखि नेपाली मुलका मानिस संग बोलिचलिमा अंग्रेजी शब्द प्रयोग न गर्ने अभियान चलाएकोले यस्ता शब्दहरु पस्कन रहर लाग्यो l नेपालमा जन्मेको र उतै हुर्केकाहरु पनि सायद सुनेका छैनन् होलान l र … Continue reading प्वाखे मुङ्ग्रो र मुङ्ग्रो डन्डी नेपाली शब्दकोषमा भेटिएला त ?

अमेरिकी अदालतले नेपालीहरुको चुनाब गराउने

मंगसिर १९ ,डिसी विजय थापा अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको सर्किट अदालतले अमेरिकाको डिसीमा १९८३ मा दर्ता भएको नेपालीहरुको छाता संगठन दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को निर्वाचन आउदो डिसेम्बर २४ तारिखमा गरि दिने भएको छ l ए एन ए को निर्वाचन सम्पन्न गराउन अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाले निर्वाचन … Continue reading अमेरिकी अदालतले नेपालीहरुको चुनाब गराउने

मोदीले सहमति भनि नबोलि दिएको भए हुन्थ्यो : युवा कांग्रेस नेता विश्व प्रकाश शर्मा

विजय थापा मंगसिर १७ ,भर्जिनिया नेपाली जनसम्पर्क समिति टेक्सास अधिवेसनमा सहभागी हुन् आएका नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले डिसी महानगर क्षेत्रमा आयोजना गरिएको एक भेटघाट कार्यक्रममा भारतीय प्रधान मन्त्रि नरेन्द्र मोदीले सहमतिकै माध्यमबाट संविधान बनोस भनि नबोलि दिएको भए हुन्थ्यो आफुलाई लागेको बताए l उनले थप तर्क पेस गर्दै संबिधान नेपाली जनताले बनाउने … Continue reading मोदीले सहमति भनि नबोलि दिएको भए हुन्थ्यो : युवा कांग्रेस नेता विश्व प्रकाश शर्मा

अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?

विजय थापा मंगसिर १६ , भर्जिनिया हालसालै अमेरिकाको जनसम्पर्क समितिको अधिवेसनमा आई नेपाल फर्की सकेका नेपाली काग्रेसका उप सभापति राम चन्द्र पौडेल संग अमेरिकामा भएको एक अन्तरक्रिया कार्यक्रममा अत्यधिक सवाल र जवाफ सहित कार्यक्रम भब्यताको साथ सम्पन्न भयो l ”नेपालमा संबिधान लेखन प्रक्रियामा के हामी सहि बाटोमा छौ” भन्ने मूल नारामा केन्द्रित अन्तरक्रिया कार्यक्रम रहेता … Continue reading अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?

प्रसँग:गढीमाई बली-प्रथा

पीताम्बर पाण्डेय अमेरिकाको पढाईमा रोचक कुरा के भने आफ्नो बिषय ईन्जिनियरिङ या मेडिकल जे भए पनि इतिहास, मनोबिज्ञान या धर्म सम्बन्धी क्लास पनि लिनु अनिवार्य हुन्छ। धर्म सम्बन्धि एउटा क्लासमा संसारका मुख्य धर्महरु बारे पढाई हुने गर्थ्यो। हिन्दू सम्बन्धी चर्चा-परिचर्चा हुँदा एक दिन प्रोफेसर संग मेरो सानो वाद-विवाद जस्तो नै पर्यो। अनुयायीहरूको संख्यात्मक रूपले हेर्दा … Continue reading प्रसँग:गढीमाई बली-प्रथा

रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

विजय थापा , मंगसिर १० ,भर्जिनिया काभ्रे घर भै हाल न्यु योर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिका बाट आयरल्याण्ड पुगी रक्तदान गरि सोहि दिन अमेरिकाको न्यु योर्क फर्केका छन् l नोभेम्बर २४ तारिखका दिन आइरिश रक्त संचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भै आफुले १ सय २९ औ … Continue reading रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निर्वाचित

विजय थापा ,भर्जिनिया मंसिर ९ जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिबेशनमा भएको निर्वाचनमा आनन्द बिष्ट (गोरख बहादुर बिष्ट) बिजयी भएका छन् l उनले २८० मत प्राप्त गरी ७२ मतको अन्तरमा बिजय हासिल गरे भने उनका निकटम प्रतिद्वन्दी नेपाली जनसम्पर्क समिति अमेरिकाका निबर्तमान संयोजक बिष्णु सुबेदीले २०८ मत प्राप्त गरे l नवनिर्वाचित विष्टले मन्तब्य राख्दै महानायक वीपी … Continue reading जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निर्वाचित

डिसीमा मह जोडीको भब्य सम्मान

डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको तर्फबाट नेपालका हास्य विधाका वरिष्ठ कलाकार मह जोडीलाई भब्य सम्मान गरिएको छ l अमेरिकाको बिभिन्न राज्यहरुमा मह जात्रा कार्यक्रम प्रस्तुति गर्दै अमेरिकाको अन्तिम चरणमा डिसी तथा म्यारिल्याण्डको बाल्टिमोरमा भएको मह जात्रा कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ l

अमेरिकामा डा त्रिपाठी समालोचक शिरोमणि पद द्वारा सम्मानित

कार्तिक १० ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली साहित्यका प्रकाण्ड विद्वान, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक ,नेराप्रपका पूर्व कुलपति मदन पुरस्कार विजेता डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिदै वहालाई समालोचक शिरोमणि पद द्वारा विभूषित गरिएको छ l उक्त अभिनन्दन कार्यक्रममा अमेरिकाबाट संचालित साहित्यिक बिधुतिय पत्रिका खसखस डटकमको तर्फबाट संचालक तथा साहित्यकार … Continue reading अमेरिकामा डा त्रिपाठी समालोचक शिरोमणि पद द्वारा सम्मानित

अमेरिकाको संसदमा नेपालीले खाता खोल्न सकेनन तर महिला उम्मेदवारको सम्भाव्यता

विजय थापा / भर्जिनिया उज्जवल भविष्यको परिकल्पना गर्दै अमेरिकामा नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् ।आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् भने उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ … Continue reading अमेरिकाको संसदमा नेपालीले खाता खोल्न सकेनन तर महिला उम्मेदवारको सम्भाव्यता

यात्रा संस्मरण-माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा

ब्रम्हाण्ड कै पप सम्राट माईकल ज्याक्सनले हामीलाई छोडेर गएको पनि पाँच बर्ष पुरा भै छैठौ बर्ष लागि सकेछ l समय कति छिटो बितेछ र अस्ति भर्खर जस्तो लाग्छ २००९ आज २०१४ भै सकेछ l माईकल ज्याक्सनको थ्रिलर जब १९८२ मा निस्क्यो त्यो समयमा आफु धरानमा बिद्यार्थी जीवन व्यतित गरि रहेको अवस्थामा नारायण गोपाल ,दिप श्रेष्ठ … Continue reading यात्रा संस्मरण-माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा

नायिका द्वय उषा पौडेल तथा रिचा घिमिरेले बाना सांस्कृतिक साँझ तताए l

  आश्विन २८ ,भर्जिनिया विजय थापा अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सन् २००४ मा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन बाल्टिमोर (बाना)को दशैँ तिहार साँझ २०७१ भब्यताको साथ सम्पन्न भएको छ l बानामा दुई पदावधि अधक्ष्य बनेका ब्यबसायी विजय श्रेष्ठको अन्तिम कार्यकालको अन्तिम सांगीतिक साँझ स्मरणीय बन्न पुगेको छ l  नेपाली चलचित्र संग सम्बन्धित ख्याती … Continue reading नायिका द्वय उषा पौडेल तथा रिचा घिमिरेले बाना सांस्कृतिक साँझ तताए l

अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन 

  आश्विन २६ ,भर्जिनिया  विजय थापा    अमेरिकाको मिसिगन राज्यमा एक दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आएकी नेपाली मुलकी चाँदनी सुवालले गत आश्विन २४ गते मिसिगनको वाटर फोर्डमा एकल चित्रकला प्रदर्शनी गरेकी छिन् l   काठमाडौँ जन्म भएकी सुवालले आफ्नो जीवनकाल भर चित्रकलाको माध्यमबाट स्वयम् लाई अभिव्यक्त गर्ने गरेकी छिन् l प्रदर्शनीमा नेपाल … Continue reading अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन 

संस्मरण : रक्तपात भए पछि करातेको गुरु भए

विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन। हाम्रा बाजे बराजुले त्यसै यस्तो उखान राखेका रहेनछन भन्ने अधिकांसलाई लागेको हुनु पर्छ l आफ्नो बसाई परदेशमा छ तर अचानक आफुले करिब २५ बर्ष सम्म बिताएको नेपालको सुन्दर नगरी धरान सम्झन पुगे l आफ्ना एक छिमेकि भट्टराई भाई ,संयोगबस उनि हाल अमेरिकाको नेपालीहरुको पातलो वस्ती भएको … Continue reading संस्मरण : रक्तपात भए पछि करातेको गुरु भए