Tag Archives: Sajha Sawal

Sajha Sawal Episode 353: Use and Effect of Pesticides

हामीले खाने तरकारीसँगै भान्सामा भित्रिएको विषादीको प्रभाव कम कसरी गर्न सकिएला ? कृषि मन्त्री हरिप्रसाद पराजुली, अगुवा किसान उद्धव अधिकारी र कीट विज्ञ फणिन्द्र नेउपानेसँगको बहस ।

Sajha Sawal Episode 350: Disaster Risk Reduction

प्रकोप प्रभावित पूर्वी नेपाल र सुदुरपश्चिमका बासिन्दा सरकारबाट के चाहन्छन् त? प्रकोप व्यवस्थापनसम्बन्धी कञ्चनपुर र इलामका सहभागीसँग गरिएको साझा सवाल को बहस ।

Sajha Sawal Episode 341: 100 Days of Koirala Government

सुशील कोइरालाले नेतृत्व गरेको सरकारले सय दिन पुरा गरेको छ । सर्वसाधारणले यो सय दिनको मुल्यांकन कसरी गरेका छन् त भन्ने बारे साझा सवाल को बहस ।

Sajha Sawal Episode 330: Being a Woman in Nepal

नेपालमा महिला हुनु अवसर हो कि चुनौति? छोरी भएर जन्मनु संभावना कि संकुचन? अन्तराष्ट्रिय महिला दिवसको आसपासमा आज हामी नेपाली महिलाहरुको समसामयिक सवालका बारेमा बहस गर्दैछौं । बहसमा हामीसँग संविधानसभाको उपाध्यक्ष तथा एमाओवादी नेता ओनसरी घर्ती, एमाले नेता एवं उर्जा मन्त्री राधा ज्ञवाली र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा प्राध्यापन गर्ने युवराज लुईंटेल हुनुहुन्छ ।

Sajha Sawal Episode 327: Local Election

जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिजस्ता स्थानीय निकाय जनप्रतिनिधीविहिन भएको ११ वर्ष भइसक्यो । तत्कालीन राजा ज्ञानेन्द्रले गरेको निर्वाचनलाई छोड्ने हो भने देशमा २०५४ सालमा अन्तिम पल्ट स्थानीय निकायको निर्वाचन भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले पदमा विजयी हुनासाथ ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनी घोषणा गरे । त्यसो त, संविधानसभा निर्वाचनको बेला … Continue reading Sajha Sawal Episode 327: Local Election

Sajha Sawal Episode 326: Caste Based Discrimination

नेपालको संविधान र ऐनकानून अनुसार कथित तल्लो जात भनेर छुवाछुत गर्न पाइन्न । त्यसो गरेमा तीन वर्षसम्म कैद र २५ हजार रुपैंया जरिवाना हुन सक्ने कानून छ । जातीय भेदभाव कम गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं खर्च हुन्छ । त्यस्तो भेदभाव गर्न पाइन्न भनेर संविधानमा लेखिएको छ । ऐनकानून बनेका छन् । के गर्यो … Continue reading Sajha Sawal Episode 326: Caste Based Discrimination

Sajha Sawal Episode 325: Voters Question to Law Makers

दोस्रो संविधानसभाको निर्वाचन भएको करीव साढे दुई महिना वित्यो तर संविधानसभाले खास काम गर्न थालेको छैन । मुख्य राजनीतिक दलहरुले निर्वाचनको बेला एक वर्षभित्र नयाँ संविधान दिने बाचा गरेका थिए । के राजनीतिक दलहरुले बाचा पुरा गर्न सक्लान् त? यो साझा सवालमा हामीले निर्वाचित सभासदप्रति मतदाताको के प्रश्न छ भनी छलफल गरेका छौं । सहभागीहरुको … Continue reading Sajha Sawal Episode 325: Voters Question to Law Makers

Sajha Sawal Episode 324: Irregularities in Medical Education

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मेडिकल अध्ययन संस्थानको शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनसनसँगै मेडिकल शिक्षाको बेथिति चर्चा चुलिएको छ । चिकित्साशास्त्र पढाउने मेडिकल कलेजहरुले सम्वन्धन लिदाँ करोडौं रकम चलखेल हुने भन्दै डाक्टरहरु दुई सातासम्म आन्दोलनमा उत्रिए । देशभरका डाक्टरहरु आन्दोलनमै उत्रिनुपर्ने गरी मेडिकल शिक्षामा के कस्तो खालको अनियमितता भइरहेको छ? मेडिकल कलेजहरुको सम्वन्धनमा हुने अनियमितताको … Continue reading Sajha Sawal Episode 324: Irregularities in Medical Education

Sajha Sawal Episode 322: Which Seed is Appropriate for Nepal?

जीएमओ अर्थात् अनुवंश परिवर्तन गरिएका बीउ नेपालमा भित्र्याउने वा नभित्र्याउने बहस नेपालमा पछिल्लो केही साता राम्रैसँग भयो । बीउका जानकारहरु नेपालमा रोपिने बीउ मात्रै गुणस्तरीय हुने हो भने नेपालको अहिलेको कृषि उत्पादन २५ प्रतिशतसम्म बढ्ने बताउँछन् । नेपालको दिगो कृषिका लागि कस्तो बीउ उत्तम हो त? बढ्दो जनसंख्याको मागलाई धान्न नेपालले एकातिर कृषि उत्पादन बढाउनुपर्ने … Continue reading Sajha Sawal Episode 322: Which Seed is Appropriate for Nepal?

Sajha Sawal Episode 321: National ID Card [REPEAT]

तपाईंसँग परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, प्यान नम्बर लगायतका धेरै खालका कागजातहरु हुन सक्छन । थरी थरीका यस्ता कागजातहरुलाई केन्द्रिकृत गर्न भनेर राष्ट्रिय परिचयपत्र बनाउन सरकारले काम थालेको नै ३ वर्ष हुन लाग्यो । नागरिकको धेरैजसो गतिविधिलाई नियाल्न सक्ने भनिएको राष्ट्रिय परिचयपत्र कस्तो बन्नेछ? साझा सवालको यो भागमा हामीसँग नेपाल सरकारका पूर्वसचिव … Continue reading Sajha Sawal Episode 321: National ID Card [REPEAT]

Sajha Sawal Episode 320: Far West’s Expectation from Constituent Assembly

सुदुरपश्चिम ‘अखण्ड सुदुरपश्चिम’ र संघीय सुदुरपश्चिमको मागका बीचमा बेला बेलामा चर्चामा आइरहन्छ । केही समय अगाडि ‘अखण्ड सुदुरपश्चिम’ को माग गर्दे यहाँ आन्दोलन पनि भएको थियो । यता, सरकारले गठन गरेको सुदुरपश्चिम विकास आयोग भने सुन्दर सुदुरपश्चिमलाई अझै समृद्ध सुदुरपश्चिम बनाउने सपना बोकिरहेको छ । नयाँ संविधानसभासँग सुदुरपश्चिमबासीहरुको अपेक्षा के छ त? डोटी जिल्लाको सदरमुकामको … Continue reading Sajha Sawal Episode 320: Far West’s Expectation from Constituent Assembly

Sajha Sawal Episode 319: Access to Health Services in Far West

यो साझा सवाल हामीले अछाम सदरमुकाम मंगलसेनमा तयार गरेका छौं । अछाम नेपालमा सबैभन्दा धेरै एचआईभी संक्रमितहरु रहेको जिल्ला हो । भौगोलिक विकटता, पर्याप्त अस्पताल, डाक्टर र औषधी नहुँदा स्वास्थ्यका हिसावले अछाम मात्र होइन सुदूरपश्चिमका पहाडी जिल्लाहरु निकै पछाडि परेका छन् । सुदूरपश्चिममा कसरी स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पु¥याउन सकिएला त? स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँचको … Continue reading Sajha Sawal Episode 319: Access to Health Services in Far West

Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers

अन्तरिम संविधान, कानून र अदालती फैसलाअनुसार नेपालमा कसैले पनि बँधुवा मजदूर राख्न पाउँदैनन् । तर, पूर्वको हरूवा चरूवा हुन् वा पश्चिमका कमैवा वा हलिया, पर्याप्त पूर्व तयारी र विकल्पविना मुक्त घोषणा गरिएका यी पूर्व बँधुवा मजदूरहरूको अवस्था अहिले कस्तो छ त? के देशमा अझै पनि बँधुवा मजदूरहरू छन्? मुक्त कमैया, हलिया, हरूवा र चरूवाको अहिलेको … Continue reading Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers

BBC Sajha Sawal Episode 311: Election Manifestos of Political Parties

“दलहरुले जारी गरेको घोषणापत्रमा वर्ष दिनमा ३ लाख रोजगारी, ३ वर्षमा लोडसेडिंग अन्त गर्ने र दश वर्षभित्रै पूर्व पश्चिम रेलमार्ग सञ्चालन गर्ने लगायतका सपनाहरु देखाइएका छन् । चुनावपछि यी सपनाहरु साँच्चै पुरा होलान् त? मतदाताले यी सपनालाई कसरी लिएका छन्? आज कार्यक्रममा हामी दलहरुको चुनावी घोषणापत्र र मतदाताको अपेक्षाका बारेमा छलफल गर्दैछौं । छलफलमा सहभागीहरुका … Continue reading BBC Sajha Sawal Episode 311: Election Manifestos of Political Parties

BBC Sajha Sawal Episode 308: Election Agenda of Candidates

“दोस्रो संविधानसभाका लागि उम्मेदवारहरु चुनावी प्रचारमा लागि सकेका छन्। प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भएको भोलिपल्ट र समानुपातिक तर्फ दलहरुले उम्मेदवारी दर्ता गराएको दिन, असोज १८ गते, हामी पूर्वी नेपालको झापा सदरमुकाम चन्द्रगढीमा छौं। ३३ दलीय मोर्चाको एक घटकले चुनाव वहिष्कारका लागि पूर्वाञ्चल बन्दको घोषणा गरे पनि उम्मेदवारहरु सैयौंका संख्यामा नेता, कार्यकर्ता र मतदाता लिएर जिल्ला … Continue reading BBC Sajha Sawal Episode 308: Election Agenda of Candidates

BBC Sajha Sawal Episode 307: How Political Parties Choose Candidates?

“बाहिर समाचारमा संविधानसभाको दोस्रो चुनावमा उम्मेदवारको टिकटका लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताका घर, डेरा र पार्टी कार्यालय धाइरहेका छन्; अझ टिकट नपाए बागी हुने घुर्की लाइरहेका छन् भन्ने सुन्न पाइन्छ । भित्री कोठाहरुमा भने नेताहरु पार्टीको चुनावी प्रचार खर्च धान्न सक्ने उद्योगी व्यापारीहरु खोज्दै संविधानसभाको टिकट बाँड्दैछन् भनेर पनि आएको छ । यसरी मिसिएर आउने … Continue reading BBC Sajha Sawal Episode 307: How Political Parties Choose Candidates?