खै के गरु

उठु कि बसु कि
कतै चिच्याउदै दौडौ कि
भक्कानो छोडेर रोउ कि
आँसु पुछ्दै बसु कि
तहसनस देश लाइ हेर्दै म
खै के गरु

छिन् छिन् मा समाचार का पन्ना हरु पल्टाउदै
कहाँ के भएछ भनि बुज्दै
फोटो हेरी मन दुखाउदै
म देश संगै रुदै

मेरो देश रुदै छ
बिबस म
हामफालेर जान मिल्ने भए
यो सब छोडेर कुद्न मिल्ने भए
म देश जान्थे
भत्केका घर बाट मान्छे निकाल्थे
म रात भर बसेर खोजि गर्थे
बिबस म

ढलेको धरहरा को स्मृति मा
म आफै ढलु कि
भत्केको दर्बार को नौतले संगै
म नि बरु संगै ढलु कि
खै के गरु

मेरो देश रोको छ
पिडा मा छत्पताउदै छ
म बिबस
लाचार
समाचार पढ्न र हेर्न बाहेक
खै के गरु

२-४ पैसा दिउला
सके सम्म गरुला
तर के तेल्ले मेरो धरहरा उठ्ला
के अब फेरि मेरो इतिहास बिउजेला
आज मेरो देश को इतिहास ढलेको छ
मेरो मनकामना भत्केको छ
मेरो देश आज भताभुङ्ग छ
खै के गरु

Leave a Reply